arrow

प्रशिक्षक हटाएको चार दिनपछि लेस्टर सिटीलाई चामत्कारिक सफलता, लिभरपुललाई झड्का

logo
प्रकाशित २०७३ फागुन १७ मंगलबार
lester-city-win.jpeg
किंग पावर स्टेडियम । टिमलाई सर्वाधिक सफलता दिलाएका प्रशिक्षक हटाएको चार दिनपछि नै डिफेन्डिङ च्याम्पियन लेस्टर सिटीले इङलिश प्रिमियर लिग फुटबलमा चामत्कारिक प्रदर्शन गरेको छ ।
 
खराव लयबाट गुज्रिएको लेस्टरले क्लाउडियो रानिएरीलाई हटाएपछिको पहिलो खेलमा लिगको उपाधि दावेदार लिभरपुलमाथि ३–० को शानदार जित दर्ता गराएको हो ।
 
घरेलु मैदान किंग पावर स्टेडियममा खेलेको लेस्टरलाई जिताउन जमाइ भार्डीले दुई तथा ड्यानी ड्रिंकवाटरले एक गोल गरे ।
 
३–० ले पछि परेको लिभरपुललाई ६८ औं मिनेटमा फिलिप्पे कौटिन्होले सान्त्वना गोल दिलाएका थिए ।
 
यो जितले भने एउटा प्रशिक्षकले कति ठूलो भूमिका खेल्न सक्दो रहेछ भन्ने प्रमाणित भएको छ । योसंगै प्रशिक्षक मार्क अल्ब्राइटनले लेस्टरबाट राम्रो डेब्यु गरेका छन् ।
 
जितपछि रेलिगेशनबाट बच्न संघर्षरत लेस्टर २६ खेलबाट २४ अंकसहित लिग तालिकाको १५ औं स्थानमा पुग्न सफल भएको छ । हारपछि भने लिभरपुलको तेस्रो स्थानमा पुग्ने सपना चकनाचुर भएको छ ।
 
लिभरपुल २६ खेलबाट ४९ अंकसहित पाँचौं स्थानमा छ । २६ खेलबाट ६३ अंकको चेल्सी शीर्ष स्थानमा विराजमान हुँदा ५३ अंकको टोटनह्याम दोस्रो तथा एक खेल कम खेलेर ५२ अंकमा रहेको म्यानचेष्टर सिटी तेस्रो स्थानमा छ ।
 
त्यस्तै ५० अंकको आर्सनल चौथो तथा ४८ अंकको म्यानचेष्टर युनाइटेड छैटौं स्थानमा छ । 
Jamie Vardy latches on to Marc Albrighton's inch-perfect through ball to slot home Leicester City's opening goal
Vardy, who was accused of playing a role in Claudio Ranieri's sacking, silences his critics by scoring against Liverpool 
Vardy and Leicester fans breathe a sigh of relief as the England striker celebrates his goal with team-mate Shinji Okazaki
Danny Drinkwater caps off a perfect first-half performance from Leicester by volleying in a second goal to stun the Reds
The former Manchester United midfielder wheels away to celebrate his stunning finish in the opening period at King Power 
Vardy grabs his second goal of the night to make it 3-0, meeting Christian Fuchs' cross with this powerful header
Simon Mignolet is left to pick the ball out from the back of the net as Vardy wheels away to celebrate his second goal
Former non-League man jumps for joy as Leicester stunned their opponents by taking a three-goal lead in front of home fans
The Liverpool players cut dejected figures after suffering an embarrassing defeat against relegation-threatened opponents
Liverpool's Philippe Coutinho picks his spot to score a late goal for Liverpool, but it proved no more than a consolation strike
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ