arrow

जड्याहा शिक्षकको हिम्मतः मापसे गरेर विद्यालय, कार्वाही यस्तो

logo
प्रकाशित २०७३ फागुन १७ मंगलबार
drunkard-teacher.jpeg
खोटाङ । खोटाङमा पटक–पटक मादक पदार्थ सेवन (मापसे) गरेर विद्यालय आउने शिक्षकलाई सरसफाई गर्ने सजाय दिइएको छ ।
 
सुध्रिन पटक–पटक चेतावनी दिँदा पनि मापसे गरेर विद्यालय आउन नछाडेपछि सदरमुकार दिक्तेलस्थित सरस्वाती आधारभुत प्रावि पोखरीका शिक्षक मीनबहादुर खत्रीलाई जिल्ला शिक्षा कार्यालय सरसफाई गर्ने सजाय दिइएको हो ।
 
खत्री निमावि तहका अस्थायी शिक्षक हुन् । मापसे गरेर विद्यालय आउने शिक्षकलाई जिल्ला शिक्षा कार्यालय ल्याएर सरसफाइ गर्ने जिम्मा दिइएको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताए । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ