arrow

गुप्टीलको बिष्फोटक ब्याटीङ सामु दक्षिण अफ्रिका निरिह

logo
प्रकाशित २०७३ फागुन १८ बुधबार
Martin_Guptil.jpeg
ह्यामिल्टन, न्युजिल्याण्ड। न्युजिल्याण्डका मार्टिन गुप्टिलको बिष्फोटक ब्याटीङले अफ्रिका बिरुद्धको चौथो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्ड बिजयी भएको छ। उनले १३८ बलमा ११ छक्का र १५ चौकाको मदतले १८० रन बनाएका हुन्। 
 
दक्षिण अफ्रिकाले ५० ओभरमा ८ विेकटको क्षतिमा बनाएको २७९ रन पच्छ्याउने क्रममा ४५ ओभरमा ३ विकेटको क्षतीमा २८० रन बानउँदै सहज जित हात पारेको हो। 
 
अफ्रिकाकालागि कप्तान एबी डिविलियर्सले ७२ रन बनाएका थिए भने फाप डुप्लेसीले ६७ रनको योगदान गरेका थिए। न्युजिल्याण्डकाालगि जतिन पटेलले २ विकेट लिएका थिए। 
 
त्यसैगरि न्युजिल्याण्डका तर्फबाट गुप्टिल बाहेक रस टेलरले ६६ रन बनाएका थिए भने कप्तान केन विलियमसनले २१ रनको योगदान गरेका थिए। अफ्रिकाकालागि ईमरान ताहिरले २ विकेट लिएका थिए। 
 
खेलको प्लेयर अफ म्याच मार्टिन गुप्टील घोषित भएका थिए। पाँच खेलको श्रृखंला २-२को स्थितीमा रहेको छ। अन्तिम एकदिवसीय खेल निर्णायक हुनेछ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ