arrow

पत्रकार महासंघमा फेरी तालाबन्दी , महिना दिनमै लाग्यो तीन पटक

logo
प्रकाशित २०७३ फागुन १८ बुधबार
FNJ_building.jpeg
काठमाडौं ।  नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा एक महिना भित्र तेस्रो पटक तालाबन्दी भएको छ । महासंघमा तालबन्दी खुलेको तीन दिन बित्न नपाउदै नेकपा माओवादी बिप्लव निकट पत्रकारको संस्था नेपाल क्रान्तिकारी पत्रकार संघले  पुन: तालबन्दी गरेको हो । क्रान्तिकारी पत्रकार संघले आफु निकट पत्रकारहरुलाई सदस्यता नदिएको , सदस्यता बितरणमा मनपरि गरिएको आरोप लगाउदै बुधबार नारा जुलुस सहित केन्द्रिय कार्यालयमा तालाबन्दी गरेका हुन् ।  
 
यस अघि नेपाल पत्रकार महासंघले विधि, विधान र प्रक्रिया विपरित सदस्यता वितरण तत्काल रोक्नुपर्ने लगायतका चारबुँदे माग राखेर केन्द्रीय कार्यालयको मुलढोकामा छ दिनसम्म महासंघका पाँचथर शाखाका सभापति लवदेब ढुंगाना र इलामका सदस्य प्रेम अधिकारी आमरण अनसन बसेका थिए । अनसनरत  पत्रकार र महासंघबीच ४ बुँदे सम्झौता भएसँगै उनीहरुले अनसन तोडेका थिए । 
 
त्यस्तै सदस्यता चयनको विषयमा असन्तुष्टि जनाउँदै नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ