arrow

प्रजातन्त्रवादी प्राध्यापक सङ्घको चौथो चुनावी महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा

logo
प्रकाशित २०७३ फागुन १९ बिहिबार
DEPAN.jpeg
काठमाडौं । प्रजातन्त्रवादी प्राध्यापक सङ्घको चौथो महाधिवेशन शुक्रबारदेखि काठमाडौँमा सुरु हुने भएको छ । नेपाली काँग्रेसको शुभेच्छुक संस्थाका रुपमा रहेको प्रजातन्त्रवादी प्राध्यापक सङ्घको चौथो महाधिवेशन कीर्तिपुरमा हुन लागेको हो । 
 
प्रतिनिधि विवादका कारण दुईपटकसम्म स्थगित भएको महाधिवेशन प्रतिनिधि मिलाएर शुक्रबारदेखि गर्न लागेको सङ्घका महासचिव जगत तिमल्सेनाले जानकारी दिएका छन् । महाधिवेशनमा ८३७ क्याम्पसका झण्डै १३०० प्रतिनिधिको सहभागीता रहने बताइएको छ । 
 
विसं २०६३ मा स्थापना भएको सङ्घले हालसम्म तीनवटा महाधिवेशन सम्पन्न गरिसकेको छ । महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, महासचिवलगायत ३१ पदमा निर्वाचन हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ