arrow

भारतको तमिलनाडुमा सनसनीपूर्ण निर्णय, कोक–पेप्सी बन्द, अब नरिवल पानी

logo
प्रकाशित २०७३ फागुन १९ बिहिबार
coke-pepsi-coconut-juice.jpeg
तमिलनाडु । भारतको तमिलनाडुमा व्यापारीहरुले पेप्सी र कोकाकोला बिक्रीमा रोक लगाएका छन् । उनीहरुले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने भन्दै कोकाकोला र पेप्सीमा प्रतिवन्ध लगाएका हुन् । 
 
राज्यका दुई व्यापारी संगठनले प्रतिवन्ध लगाउने प्रस्ताव गरेसंगै बुधबारदेखि सो राज्यमा कोकाकोला र पेप्सी बिक्रीमा बन्देज लगाइएको हो । 
 
सफ्ट ड्रिंक कम्पनीहरुले अधिकमात्रामा पानीको दोहन गरेको आरोप लगाउँदै किसानसमेत मारमा परेको भन्दै त्यस्ता कम्पनीहरु बन्द नै गर्नुपर्नेमा जोड दिइएको छ । 
 
अहिले पूर्ण रुपले पेप्सी र कोकाकोला बेच्न बन्देज नभए पनि ७५ प्रतिशत खुद्रा व्यापारीले बेच्न बन्द गरिसकेका छन् ।
 
यदि यो पूर्णरुपले बन्द भयो भने तमिलनाडुमा वार्षिक चार अर्ब भारतीय रुपैयाँको नोक्सान हुने देखिएको छ । अहिलेसम्म पेप्सी र कोकाकोलाले कुनै प्रतिक्रिया नजनाएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । 
 
पेप्सी र कोकाकोला बन्देज गरेसंगै अब नरिवल पानीमा जोड दिइएको छ । तमिलनाडुमा नरिवल पानी सबैभन्दा बढी पाइने भएकाले त्यसको कुनै कमी नहुने बताइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ