arrow

साढे १३ अर्ब डलरको लगानी प्रतिबद्धता

logo
प्रकाशित २०७३ फागुन २० शुक्रबार
InvestMent_Summit_2017.jpeg
काठमाडौं । शुक्रबार सम्पन्न अन्तराष्ट्रिीय लगानी सम्मेलनमा साढे १३ अर्ब डलर बराबरको लगानीको प्रतिबद्धता आएको छ । दुईदिनसम्म राजधानीमा सञ्चालित लगानी सम्मेलनमा विभिन्न देशका लगानीकर्ताहरुले सो प्रतिवद्धता जनाएको लगानी बोर्डका प्रवक्ता मधुप्रसाद भेटुवालले जानकारी दिए । 
 
विभिन्न १६ मुलुकका लगानीकर्ताहरुले उर्जा क्षेत्र, पूर्वाधार, कृषि क्षेत्र, खाद्य उद्योग गरी कूल १७ वटा क्षेत्रमा लगानीको प्रतिबद्धता आएको छ । यो प्रतिवद्धता मात्रै भएकोले पैतिवद्धता भएको जति सबै रकम संकलन हुन्छ नै भन्ने पक्का भने नरहेको जानकारहरु बताउँछन् । यो प्रतिवद्धता मात्रै हो बोर्डका प्रवक्ता भेटुवालले भने यसमा सम्झौताको लागि भने अर्काे प्रक्रिया सुरु गर्नुपर्छ । 
 
सरकारले नेपालमा लगानी सुरक्षित रहेको छ भन्नको लागि दुई दिने लगानी सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, सिंगापुर, हङकङ, मलेसिया, अमेरिका, रुस, क्यानाडालगायत दुई दर्जन मुलुकका २५० संस्थागत तथा व्यक्तिगत लगानीकर्ता सम्मेलनमा सहभागी थिए। सम्मेलनलाई सम्बोधन गर्न भारतका अर्थमन्त्री अरुण जेट्ली पनि नेपाल आएका थिए । 



लोकप्रिय समाचार
नयाँ