arrow

काँग्रेसी प्राध्यापकको चुनावी भीडन्तले तात्यो कीर्तिपुरको माहोल

logo
प्रकाशित २०७३ फागुन २० शुक्रबार
depan.jpg.jpeg
काठमाडौं । काँग्रेसी प्राध्यापकहरुको संस्था प्रजातान्त्रिक प्राध्यापक संघको महाधिवेशन काठमाडौंमा सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको महाधिवेशनको नेपाली काँग्रेसका उच्च तहका नेताहरुले उद्घाटन गरेका हुन् । महाधिवेशनको उद्घाटनसँगै उम्मेदवारहरुमा भने चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरु अहिले कीर्तिपुरमा भोट माग्नमा नै व्यस्त रहेका छन् । 
 
कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा शुक्रबार भएको सो उद्घाटन समारोहमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला लगायतले सहभागिता जनाएका थिए । 
 
महाधिवेशनमा उद्घाटनसँगै शुक्रबारसाँझसम्म बन्दशत्र पनि सम्पन्न भएर उम्मेदवारी मनोनयन समेत भईसकेको छ । महाधिवेशनमा शनिबार दिउँसो २ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ ।  
 
शुक्रबारको बन्दशत्रमा विद्यमान विधानमा केही प्रावधानहरु थपिएको छ । महिला, पब्लिक क्याम्पस र सबै विश्वविद्यालयका लागि एकएकवटा आरक्षणको व्यवस्था सहित अब खुल्ला र समावेशी सहित गर्दा कूल ३९ सदस्यीय कार्यसमिति बन्नेगरी विधान पारित गराईएको संघका कोषध्यक्ष एवं प्रकाशसिंह प्रधान समूहबाट सचिवका उम्मेदवार डा. विष्णुप्रसाद पोखरेलले जानकारी दिए । 
 
उनले अबको प्रजातान्त्रबादी प्राध्यापकहरुले विश्वविद्यालयमा प्राज्ञिक वातावरण सिर्जना गर्न महत्वपूर्ण भूमिका निर्वाचन गर्नुपर्नेमा जोड दिए । सेवारत सम्पूर्ण आंशिक, करार र स्थायी प्राध्यापकहरुको मर्यादा कायम गर्ने, पब्लिक क्याम्पसमा कार्यरत प्राध्यापकहरुको सेवा सुविधाको सुनिश्चितता र विश्वविद्यालयमा शैक्षिक मूल्य र मान्यतालाई कायम गर्नको लागि आफूले पनि सचिव पदमा उम्मेदवारी दिएको जानकारी दिए । 
 
शुक्रबारको बन्दशत्र महासचिव जगत तिमल्सिनाको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष डा. पोखरेलको आर्थिक प्रतिवेदन पारित गर्दै सम्पन्न भएको छ । प्राध्यापकहरुको निर्वाचनका लागि अध्यक्षमा प्राध्यापक प्रकाश सिंह प्रधान र जगत तिमल्सिनाबीच कडा प्रतिस्पर्धा हुने भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ