arrow

रोल्पामा महिलाहरुका लागि लोकसेवा आयोगको तयारी कक्षा सुरु

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ फागुन २१ शनिबार
loksewa.png.png
 लिबाङ (रोल्पा)। लिबाङ  नगरपालिकाको कार्यालय रोल्पाले शुक्रबारदेखि महिलाहरुको लागि लोकसेवा आयोगको तयारी कक्षा सुरु गरेको छ । तयारी कक्षामा जिल्लाका ३५ जना महिलाहरु सहभागी भएका छन् । १ हप्ते सूचना प्रकाशन गरी पर्न आएका आवेदक महिलाहरुलाई कक्षामा सहभागि गराएको कार्यालयले जनाएको छ ।  १ लाख ५० हजार लागतमा संचालन भएको कक्षा करिव १ महिना सम्म चल्ने छ । 
 
शुक्रबारदेखि संचानल भएको कक्षाको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले  त्याग, धैर्यता र दृढ विश्वासका साथ लागिपरे ६ महिनामात्र राम्ररी पढेरपनि लोकसेवा आयोगमा नाम निकाल्न सकिने बताए । प्रजिअ भट्राईले रोल्पा जिल्ला विकासका हरेक गतिविधिबाट पछाडि परेको भन्दै  महिलाहरुको सक्रिय र अर्थपूर्ण सहभागिता बिना सोंचे अनुरुप विकास संभव नहुने बताउनु भयो । त्यसैले निजामती सेवामा महिलाहरुको सहभागिताका लागि नगरपालिकाले उलब्ध गराएको सेवा र अवसरको सदुपयोग गर्नपनि सम्पूर्ण सहभागि महिलाहरुलाई उनको अनुरोध छ । 
 
यस्तै उद्घाटन कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी सुशील बैद्यले लोक सेवा आयोग हाऊँगुजी नभएको बताउनु भयो । निरन्तर अध्ययन र मेहनत गरे सफलता हात पार्न सकिने उनको भनाइ छ । महिलाहरुलाई रोजगार तथा  आत्मनिर्भर बनाउन पछिल्ला दिनमा राज्यलेपनि विशेष सहुलियत दिएको उनले जानकारी दिए । 
 
यस्तै कार्यक्रमका सभापति तथा लिबाङ नगरपालिकाका कार्यकारी अधिकृत निमबहादुर केसीले सहभागि महिलाहरुलाई कक्षामा निरन्तर उपस्थितिका लागि अनुरोध गरे। केसीले भने“तपाइँहरु जुन जोश जाँगरका साथ पहिलो दिन यस हलमा उपस्थित हुनुभएको छ, यो जोश जाँगर अन्तिम सम्म राख्नुहोला ,” अथक प्रयास र मेहनत गरे अवश्य सफलता हात पार्न सकिने उहाँको भनाइ छ । जागिरको स्थायीत्व हुने, सामाजिक प्रतिष्ठा बढ्ने तथा महिलाहरुलाई सक्षम र सवल बनाउन सहयोग गर्ने भएको हुँदा पनि महिलाहरुका लागि लोकसेवा तयारी कक्षा संचालनमा जोड दिइएको हो । 
 
रोल्पा जिल्लामा निजामती क्षेत्रमा महिलाहरुको प्रतिनिधित्व एकदमै कम भएको हुँदा विगतका वर्षदेखि लोकेवा तयारी कक्षालाई विशेष प्राथमिकतामा राखिएको उनको भनाइ छ । लोक सेवा तयारी कक्षाका लागि दाङ काठमाण्डौं लगाएतका जिल्लामा पुग्नु पर्ने भएपनि जिल्लामै सुविधा पाएपछि सहभागि महिलाहरु थप उत्साहित भएका छन् । लिबाङ नगरपालिकाको कार्यालय  रोल्पाले गतः वर्षपनि यस किसिमको तयारी कक्षा संचालन गरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ