arrow

काठमाडौँको भगवा‌न्‌पाउमा प्रहरी र अपहरणकारीबीच गोली हानाहान, तीन घाइते

logo
प्रकाशित २०७३ फागुन २१ शनिबार
gun-bullet-ar.jpeg
काठमाडौँ । स्वयम्भू भगवा‌न्‌पाउ नजिकै प्रहरी र अपहरणकारीबीच शनिबार गोली हानाहान भएको छ । सो क्रममा प्रहरीको गोली लागि अपहरणकारी घाइते भएको र तीनजनालाई नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिनेश अमात्यले जानकारी दिए । 
 
सो समूहले गत बिहीबार नुवाकोट घर भई काठमाडौँ बस्दै आएका तीनजनालाई अपहरण गरी परिवारसँग छ लाख ५० हजार फिरौती रकम माग गरेको थियो । 
 
अमात्यले भने– “गत फागुन १९ गते मनदोर्जे तामाङ, विशाल तामाङ र नाङ्लुङ तामाङलाई अपहरण गरी २० गते उनीहरुको परिवारलाई फोन गरी  छ लाख ५० हजार फिरौती मागेका थिए ।” सो कुराको सूचना पाएपछि महाशाखाको प्रहरी टोलीले शनिबार अपहरणकारीलाई नियन्त्रणमा लिने प्रयास गर्दा अपहरणकारी समूहले गोली प्रहार गरेको प्रहरीको भनाइ छ । 
 
प्रहरीले प्रहार गरेको गोली घुँडामुनि लागि नुवाकोटका जीवन लामा भन्ने दुर्गाबहादुर तामाङ घाइते भएका छन् । उनलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको महाशाखाका प्रमुख अमात्यले जानकारी दिए । अपहरणकारी समूहका सचिन खवास र वीरबहादुर तामाङलाई समेत प्रहरीले घटनास्थलबाट नियन्त्रणमा लिएको छ । 
 
अपहरणकारी छ जनाभन्दा बढी रहेकामा अन्य अपहरणकारी भने सो क्रममा भागेकाले उनीहरुको खोजी कार्य जारी रहेको वरिष्ठ उपरीक्षक अमात्यले जानकारी दिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ