arrow

अर्घाखाँचीमा पार्टी सुधार्न लाग्यो कांग्रेस

logo
प्रकाशित २०७३ फागुन २१ शनिबार
narpani.jpeg
घनश्याम पौडेल, नरपानी । नेपाली कांग्रेस जिल्ला कार्य समिती अर्घाखाँचीले जिल्लाका सवै गाविसमा नेपाली कांग्रेसको पार्टी सुदृणीकरण, विकास निमार्णका काममा प्रतिनिधी खटाएसँगै दैनिक जसो जिल्लाका विभिन्न ठाउँमा कांग्रेसको पार्टी सुदृणीकरण, पशिक्षण भेला तथा अन्तरक्रिया कार्यक्रम आज जिल्लाको नरपानी र पालि गाविसमा सम्पन्न गरेको छ  ।
 
सन्धिखर्क नगरपालीका ६ र ७ वडाको संयुक्त आयोजनामा नरपानी बजारमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा कांग्रेस  नरपानीलाई पहिलो पार्टी बनाउन सवै लागीपर्ने प्रतिवद्धता जनाएका थिए । नेपाली कांग्रेसका जिल्ला सभापती विष्णुप्रसाद खनाल मुस्कानले साविक नरपानी गाविसको विकासका लागी कांग्रेस सधै तयार रहेको बताए ।
 
मुस्कानले  छिट्टै स्थानिय निकायको चुनाव हुन लागेकोले सन्धिखर्क नगरापालीकामा कांग्रेसको जित सुनिश्चत रहेकोले सवै कांग्रेस वडा कार्य समिती, क्रियाशिल सदस्य, शुभेच्छुक व्यक्ती तथा गाविस बासिलाई एक ढिक्का भएर लाग्न आग्रह गरे।
 
कार्यक्रममा पुर्व महाधिवेशन प्रतिनिधी पृतम थापा, कांग्रेस जिल्ला कार्य समिती स्थायी सदस्य सुर्यप्रसाद भुसाल, तरुण दल जिल्ला सदस्य सुर्य भट्टराइ जनताको पार्टी नेपाली कांग्रेस सधै जनताको पक्षमा विकासका लागी लडिरहेको बताएका थिए । कार्यक्रम सनपा ६ का सभापती भोजवहादुर विष्टको अध्यक्षता, क्षेत्रिय प्रतिनिधी यमकला थापाको स्वागत र गुणनिधी न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो । 
 
त्यस्तै शनिबारनै अर्घाखाँची जिल्लाको पाली गाविसमा पनी पशिक्षण, भेला तथा अन्तक्रिया सम्पन्न गरेको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधी मिनबहादुर विकको प्रमुख अतिथ्यता र जिल्ला सदस्य इन्सु मियाँको विशेष अतिथ्यतामा सम्पन्न भएको हो । 
 
कार्यक्रममा बोल्ने वत्ताहरुले आउदै गरेको स्थानिय निकायको चुनावमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउन सवै लागिपर्नुपर्ने बताए । सोही कार्यक्रममा नेकपा एमाले परित्याग गरी २१ जना नेपाली कांग्रेसमा प्रवेश गरेको सभापती पौडेलले जानकारी दिनुभयो । त्यस्तै सोही कार्यक्रममा श्रीधर पौडेलको अध्यक्षतामा ४० सदस्यिय तरुण दल पालि गाउँ र्का समितीको गठन पनि गरिएको छ । 
 
कार्यक्रम पाली गाउँ सभापती यज्ञ पौडेलको अध्यक्षता र सचिव देवीप्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ