arrow

बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा , रियाल मड्रिड पच्छ्याउँदै

logo
प्रकाशित २०७३ फागुन २२ आइतबार
Madrid_Benzema.jpeg
एजेन्सी। ला-लिगा फुटबलमा रियाल मड्रिड र बार्सिलोनाले आ-फ्नो खेल जित्दै तीन-तीन अंक जोडेका छन्। 
 
अंक तालिकामा बार्सिलोना शिर्ष स्थानमा रहेको छ। २६ खेलमा ६० अंकका साथ बार्षा पहिलो स्थानमा रहेको छ भने रियालको २५ खेलमा ५९ अंक रहेको छ। 
 
क्रिष्टियानो रोनाल्डो नभएको खेलमा रियालले एबारलाई ४-१ गोलले पराजित गरेको हो। एबारको घरेलु मैदानमा भएको खेलमा करिम बेन्जेमाले २ गोल गरेका थिए भने जेम्स रोड्रिगेज र मार्को आसेन्सियोले १-१ गोल गरेका थिए। एबारका रुबेन पेनाले ७२औं मिनेटमा गोल गरेका थिए।
 
त्यसैगरि, बार्सिलोनाले सेल्टा भिगोलाई ५-० गोल अन्तरले पराजित गरेको छ। लिओनल मेस्सीले २ गोल गर्दा नेयमार, राकिटि र स्यामुअल उमटीटीले १-१ गोल गरेका थिए। 
 
त्यसैगरि भिल्लारियालले ईस्पान्योललाई २-०ले पराजित गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ