arrow

बाग्लुङ्गको रिघामा भिषण सुख्खा पहिरो, मध्यपहाडी लोकमार्ग अबरुद्ध

दरम खोला थुनियो, करेन्टलागि एकजनाको मृत्यु

logo
अनिश शर्मा गैरे
प्रकाशित २०७३ फागुन २२ आइतबार
Landslide_baglung.jpeg
वामी, गुल्मी ।बाग्लुङ्गको रिघा ७ को मनेवापाटामा एक्कासी गएको भिषण सुख्खा पहिरोले जनजीवन त्रस्त बनाएको छ । पहिरोले मध्यपहाडी लोकमार्ग खण्ड पुरै अबरुद्ध बनाउनुको साथै दरम खोलालाइ थुनेको छ । माथीबाट करिब २०० मिटर लम्बाइ र १५० मिटर चौडाइ भएको सुख्खा पहिरोले दरमखोला थुनेको थियो । 
 
करिब २ घण्टा भन्दा बढी थुनिएको दरम अहिले भने ओभरफ्लो भएर बग्न शुरु गरेको छ । पानी बग्न शुरु गरेपछि भने स्थानीयहरुले केही मात्रामा भएपनि राहात महसुश गरेका छन । खोलाको किनारमा बस्ती भएका तथा खोलाको छेउछाउमा काम गरिरहेका स्थानीयहरुलाइ त्याहाबाट अन्यत्र जान प्रहरी चौकी खर्बाङ्गले आग्ह गरेको छ ।
 
प्रहरीचौकी खर्बाङ्गका प्रमुख प्रनानी भोजराज बानियाका अनुसार हिजो बाट नै माटो खस्न शुरु गरेका थियो भने बिहान ५ बजेको समयमा उक्त भिषण पहिरो गएको थियो ।
 
पहिरोले मनकुमारी शाहीको घर जोखिममा पारेको छ । उनलाई प्रहरी उद्धार गरी अन्यत्र सारेको छ ।
 
पहिरोको कारण मध्यपहाडी लोकमार्ग पुर्ण रुपमा ठप्प भएको छ । एक्कासी गएको पहिरोले सडक केही दिन सम्म सञ्चालनमा आउने सक्ने स्थिती नभएको प्रनानी बानियाको भनाइ रहेको छ । उहाँका अनुसार सामान्य उपकरणले उक्त सडक खुलाउन नसकिने भएको कारण ठुला उपकरणहरु आबश्यउक पर्ने र सडक खुल्न एक हप्ताजति लाग्न सक्ने छ ।
 
सडक अबरुद्ध हुँदा बुर्तिबाङ्ग–काठमाण्डौको यात्रा शुरु गरेका यात्रुहरु मर्कामा परेका छन भने गाडीहरु खर्बाङ्गमै रोकिएका छन । यातायातको लागि वामीटक्सार–काँडेबास–हटिया सडक खण्डलाइ बैकल्पिक सडकको रुपमा प्रयोग गर्न सकिने छ ।
 
त्यस क्षेत्रमा केही दिन यता निरन्तर डोजर प्रयोग गरी सडक स्तरोन्नतीको काम चलिरहेको थियो जस्ले गर्दा जमिन कमजोर भइ पहिरो गएको हो ।
 
करेन्ट लागेर बाग्लुङ्गमा एकजनाको मृत्यु
पहिरोले बिद्युत सर्ट भइ करेन्ट लाग्दा रिघा मा १ महिलाको ज्यान गएको छ । रिघा ७ कल्छे निवासी मनकुमारी नेपालीको बिहान ५ बजे करेन्ट लागेर ज्यान गएको हो । प्रहरी चौकी खर्बाङ्गका प्रहरी नायब निरिक्षक भोजराज बानियाले दिएको जानकारी अनुसार ५६ बर्षीय नेपालीको लागि उपचारको क्रममा हटियामा ज्यान गएको हो । घटना भएलगत्तै उनलाइ उपचारको लागि हटिया लगिरएको थियो । पहिरो गइसकेपछि बिद्युत सर्ट भएको र बिद्युतको स्विच बाल्न खोज्दा उनलाइ करेन्ट लागेको बानियाको भनाइ रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ