arrow

मेलम्चीको पानी चक्रपथ बाहिर पनि दिइने

logo
प्रकाशित २०७३ फागुन २२ आइतबार
melamchi-water-project.png
काठमाडौँ  । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले मेलम्चीको पानी चक्रपथभित्र तथा बाहिर पनि वितरण गर्ने जनाएको छ । सो लिमिटेडको पाँचौँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा महाप्रबन्धक डा महेशप्रसाद भट्टराईले सो जानकारी दिएका हुन् । 
 
भट्टराईले ४० करोड लिटर पानीको माग रहेकोमा संस्थानको उत्पादन क्षमता औसत दैनिक ११.७ करोड लिटर मात्र रहेको बताए । यो वर्षमा थप तीनवटा ट्युवबेल निर्माण कार्य सम्पन्न हुने पनि उनले चर्चा गरे। त्यस्तै, सुक्खा मौसममा २१ वटा ट्याङ्करबाट पानी अभाव क्षेत्रमा पानी वितरण गर्दै आएको पनि उनले बताए । 
 
खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले मन्त्रालयले दशैँभित्र मेलम्चीको पानी दसैँको उपहारको रुपमा काठमाडौँमा वितरण गर्ने बताए । 
 
सयौँ वर्ष पुरानो पानी वितरण प्रणाली अहिले जटिल भएको उनले बताए । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले मेलम्चीको चार किलोमिटर सुरुङ निर्माण कार्य बाँकी रहेको जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ