arrow

भरुवा बन्दुक सहित एक व्यक्ति पक्राउ

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ फागुन २२ आइतबार
gun-local.png
पाँचथर । एक थान अबैध भरुवा बन्दूक सहित प्रहरीले पाँचथरको पौवासारताप गाविस वडा नं. ३ बाट एक ब्यक्तिलाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३१ बर्षिय एलिया नेम्बाङ रहेका छन् ।
 
गाँउघरमा भरुवा बन्दुक देखाई आवत जावत गर्ने स्थानियहरुलाई विभिन्न किसिमका धाक धम्की दिदैँ हिडेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नकुल पोख्रेलले वताए ।
 
उनलाई आइतबारै हात हतियार तथा खरखजाना मुद्धा अन्तर्गत मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा राखिएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ