arrow

वेष्टईण्डिज बिरुद्ध ईङल्याण्डलाई एकदिवसीय श्रृखंला

logo
प्रकाशित २०७३ फागुन २३ सोमबार
Eng_WI_Root.jpeg
एण्टीगुआ। वेष्टईण्डिज बिरुद्धको दोस्रो एकदिवशीय अन्तराष्ट्रिय क्रिकेटमा ईङल्याण्ड ४ विकेटले बिजयी भएको छ। तीन खेलको श्रृखंलामा ईङल्याण्डले २-०को अग्रता लिंदै श्रृखंला हात पारिसकेको छ। 
 
टस जितेर पहिले ब्याटीङ गरेको वेष्टईण्डिजले निर्धारित ५० ओभरमा ४७.५ ओभरमा सबै विकेट गुामउँदै २२५ रन बनाएको थियो। उसकालागि जासोन मोहम्मदले ५० रन बानएका थिए भने क्रेग ब्रेथवेटले ४२ रनको योगदान दिएका थिए। 
 
ईङल्याण्डका लियम प्लंकेटले तीन तथा सटिवन फिन रअदिल रशिदले २-२ विकेट लिएका थिए। 
 
जवाफमा ईङल्याण्डका जो रुटको अविजित ९० रनको मदतले ४८.२ ओभरमा ६ विकेट गुामउँदै २२६ रन बनाउँदै ईङल्याण्डले सहज जित हात पारेको थियो। त्यसैगरि जासोन रोयले ५२ रनको योगदान गरेका थिए भने क्रिस ईक्सले अविजित ६८ रन बनाएाक थिए। 
 
वेष्टईण्डिजकालागि ऐस्ले नर्सले ३ तथा देवेन्द्र बिशुले २ विकेट लिएका थिए। खेलका प्लेयर अफ दि म्याच ईङल्याण्डका जो रुट घोषित भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ