arrow

राष्ट्रपति महिला उत्थान कार्यक्रम कपिलवस्तुबाट, उद्घाटन राष्ट्रपतिबाटै

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७३ फागुन २३ सोमबार
Bidhya-Devi-Bhandari.jpg.jpeg.jpeg
कपिलवस्तु । मुलुकभरका ३० जिल्लामा संचालन हुने “राष्ट्रपति महिला उत्थान कार्यक्रमको सुरु कपिलवस्तुबाट हुने भएको छ । कार्यक्रमको शुभारम्भ राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २४ गते मंगलबार सदरमुकाम तौलिहवा वाट गर्ने कार्यतालिका रहेकोछ। सो अवसरमा  कपिलवस्तुका अति विपन्न र लोपोन्मुख ३५ जना महिलाले सीप र क्षमता विकास सहित उद्यम सुरु गर्ने अपेक्षा समेत गरिएको छ ।
 
राष्ट्रपति महिला उत्थान कार्यक्रम कपिलवस्तु, प्यूठान, रोल्पा, रुकुम लगायतका जिल्ला सहित रौतहट, पर्सा, सिरहा, महोत्तरी, दोलखा, रामेछाप लगायतका ३० जिल्लामा लागु हुने कार्यक्रमको आइतबार तौलिहवामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।  मानव विकास सूचांकमा पछि परेका जिल्लाका अति विपन्न दलित, पिछडा, जनजाति, खसअर्य, तथा मुस्लिम समुदायका महिला लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको मूल आयोजक समारोह समितिका संयोजक तथा कपिलवस्तु निर्वाचन क्षेत्र नं २ का  सांसद अतहर कमालले बताए । 
 
उद्यमशीलताको माध्यमबाट महिलाहरुको आर्थिक, सामाजिक रुपान्तरण गरी दिगो विकासको लक्ष्य हासिल गर्ने, लैंगिक हिंसाको रोकथाम तथा सोबाट पीडित तथा प्रभावितहरुका लागि संरक्षणात्मक सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम लागू गर्न लागीएको हो ।  कार्यक्रमले गैरसरकारी संस्थाको साझेदारीमा संकटापन्न अवस्थामा रहेका महिला, वालबालिका, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुका लागि अल्पकालिन सेवा केन्द्र  स्थापनाका लागि सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले बताए।
 
कार्यक्रम कार्यान्वयनका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम कार्यान्वयन जिल्ला समन्वय समिति समेत गठन भएको छ । राष्ट्रपति भण्डारी कपिलवस्तु आउने भएपछि विभिन्न समिति गठन गरी तयारी गरिएको हो । हालसम्म कार्यक्रम स्थल तथा अन्य तयारीका काम सम्पन्न भएको संयोजक कमालले बताए । विभिन्न स्थानवाट सदमुकाम आउनको लागी सवारी साधन । स्वंमसेवक तथा अन्य तयारी पुरा भएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ