arrow

ओलीलाई बचाउन युवकको टाउकोमै हानियो गोली

logo
प्रकाशित २०७३ फागुन २३ सोमबार
golikanda_saptari.jpeg
सप्तरी। सप्तरी गोली काण्डका गम्भीर घार्इते सञ्जन मेहेताको निधन भएको छ । नेकपा एमालेको मेची महाकाली अभियान अवरोध गर्न गएका मधेशी मोर्चाका कार्यकर्ता माथि प्रहरीले गोली चलाउँदा उनको निधन भएको हो । उक्त स्थानमा ९ जनालाई गोली लागेको छ र अन्य दर्जन मानिसहरु सामान्य घाईते भएका छन। ४ जनाको अवस्था गंभिर र धरान स्थित बिपी अस्पताल धरान लगिएको राजविराजबाट पत्रकार सञ्जीव विक्रम शाहले जानकारी दिए। 
 
आन्दोलनकारी मोर्चाका कार्यकर्ताले पेट्रोल बम हानेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ। ज्यादै विभत्स देखिने उक्त्र घटनामा मेहेताकाे टाउकोमै गाेली लागेको छ । गोली लागी गम्भीर घार्इते मेहेताको निधन भएको सप्तरी प्रहरीले पुष्टी गरेको छ । सोमबार राजविराजबाट ३ किलोमिटर उत्तरमा पर्ने औद्योगिक क्षेत्र नजिक गोली चलेको प्रहरीले जनाएको छ । 
 
उनका अनुसार विहानैदेखि प्रदर्शन गर्दै आएका उनीहरुले प्रहरीको निषेधित धेरा तोड्न खोजेपछि गोली चलार्इएको हो । उनीसँगै दर्जन बढी कार्यकर्ता घार्इते भएको बतार्इएको छ । तर, प्रहरीले भने आधा दर्जन जति प्रदर्शनकारी घाइते भएको पुष्टि गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ