arrow

मध्यपश्चिम महोत्सवमा साढे नौ करोडको कारोबार

logo
दिलिप खड्का,
प्रकाशित २०७३ फागुन २३ सोमबार
Rukum-hamrakura.jpg.jpeg
रुकुम। रुकुम सदरमुकाम मुसिकोटमा सञ्चालन  गरिएको मध्यपश्चिमाञ्च रुकुम  महोत्सवमा साढे ९ करोड बराबरको कारोवार भएको छ। कारोवारको  एंकिन तथ्याङ आउन केहि समय लाग्ने भए पनि अनुमानित ९ करोड बराबरको कारोवार भएको आयोजकले जनाएको छ।
 
गत फागुन १२ गतेदेखि २२ गते सम्म सञ्चालन भएको महोत्सवमा ७३ हजार भन्दा बढि  दर्शकले मेलाको अवलोकन गरेका छन्। जिल्लामा एम्वुलेन्स सेवा सञ्चालन गर्ने उद्देश्यले आयोजना गरिएको यस महोत्सवले जिल्लाको आर्थिक, सामाजिक, कृषि, पर्यटन, उद्योग व्यवसायको प्रवद्र्धनमा सहयोग पुग्ने उद्योग वाणिज्य संघ रुकुमले जनाएको छ।
 
कृषि, जडिबुटि, पर्यटन, ऊर्जा, संस्कृति, सुचना प्रविधि , उद्योग र व्यपार समृद्ध तथा स्वाधिन अर्थतन्त्र मध्यपश्चिमको मुल आधार भन्ने नाराका साथ सञ्चालन गरिएको सो महोत्सवले जिल्लाका व्यवसायिलाई अझै अर्को महोत्सव गर्न थप हौसला बढेको छ। 
 
उद्योग वाणिज्य संघ रुकुमको मुख्य आयोजनामा सञ्चालिन भएको मध्यपश्मि महोत्सवमा आकर्षणका रुपमा विभिन्न कृषि जन्य उत्पादन प्रदर्शनी , रुकुमका युवाले बनाएको हेलिकप्टेर,  घरेलु उत्पादन, अल्लोबाट निर्मित कपडा, लगाएका विभिन्न वस्तुहरु रहेको थियो। महोत्सवमा विभिन्न राष्ट्रिय कलाकारको प्रस्तुति र  १ सय ५ वटा बढि व्यापारिक स्टल रहेको राखिएको थियो।
 
यस्तै महोत्सवमा राखिएको ३ वटा पसलबाट ३० लाख बराबरको डिटरजेन्ट सवुन तथा अन्य सरसफाइका सामग्री बिक्री वितरण भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ