arrow

मानिसमा सर्ने चिनियाँ बर्डफ्लूको त्रास नेपालमा, विमानस्थलमा कडार्इ

logo
प्रकाशित २०७३ फागुन २४ मंगलबार
TIA.jpeg
काठमाडौं । चीनका विभिन्न प्रान्तहरुमा बर्डफ्लुका कारण पछिल्लो अवधिमा ५५ जना नागरिकको ज्यान गएपछि नेपाल सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वास्थ्य जाँचमा कडाई गरेको  छ ।
 
चीनको हङकङ, ग्वान्जाओलगायतका स्थानमा एच ७ एन ९ नामक भाइरस भेटिएर नागरिकको मृत्यु भएको चिनीयाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । अहिले एयरलाइन्समार्फत दैनिक सयौं नागरिकहरु चीनबाट नेपालतर्फ भित्रिने र नेपालबाट चीनतर्फ जाने गरेको त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलको तथ्यांकमा उल्लेख छ ।
 
नेपालका पंक्षीहरुमा बर्डफ्लु भेटिएपनि मानिसहरुमा अहिलेसम्म नभेटिएको तर, चीनबाट मानिसहरु आवत जावत गर्दा बर्डफ्लुको लक्षण देखा पर्न सक्ने सरवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले बताए ।
(नेपाल समाचारपत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ