arrow

मोर्चाको बन्दले महोत्तरी, रौतहट र धनुषामा असर, कतै तोडफोड

logo
प्रकाशित २०७३ फागुन २४ मंगलबार
banda_siraha.jpeg
काठमाडौं । सोमबारको घटनापछि मधेशी मेर्चाले आह्वान गरेको बन्दले महोत्तरीको सदरमुकाम जलेस्वर, रौतहट सदरमुकाम गौर र धनुषा सदरमुकाम जनकपुरमा जनजीवन प्रभावित भएको छ। छिटफुट मात्रामा बन्दका कार्यकर्ता बिहानैदेखि सडकमा आएपनि बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरी सुरक्षा ब्यवस्थालार्इ चुस्त बनाएको प्रहरीले जनाएको छ। 
 
एमालेको मेची महाकाली अभियान नसकुन्जेल तराइका जिल्लामा उच्च सुरक्षा ब्यवस्था मिलार्इएको छ। सोमबार सप्तरीमा प्रहरीको गोलि लागी ४  प्रदर्सनकारीको मृत्यु भएसँगै  मधेसी मेर्चाले मंगलबारदेखी मधेस बन्दको आह्वान गरेको हो। बन्दलाइ ध्यानमा राख्दै एमालेको मेची महाकाली अभियान नसकुन्जेल तरार्इका जिल्लामा उच्च सुरक्षा ब्यवस्था मिलार्इएको विभिन्न जिल्लाका प्रहरीले जानकारी दिएको छ।
 
मोर्चाले आवाहान गरेको बन्दले जिल्ला सदरमुकाममा प्रभाव परे पनि पुर्व पश्चिम राजमार्गमा भने यसको खासै प्रभाव नपरेको धनुषाबाट पत्रकार  वविन शाह, महोत्तरीबाट कमलेश कुमार मण्डल र रौतहटबाट पत्रकार सञ्जय कार्कीले जानकारी दिए। बिहान धनुषामा ना २ ख २२६३ नम्बरको ट्रिपरमाथि तोडफोड गरिएको थियो । यसरी बन्दको क्रममा विभिन्न जिल्लामा मोर्चाका कार्यकर्ताहरुले गरेको तोडफोड र क्षतिको विवरण आउने क्रम जारी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ