arrow

बन्दले दाेस्राे दिन पनि सप्तरी सहित मधेशको जनजीवन प्रभावित

logo
प्रकाशित २०७३ फागुन २५ बुधबार
banda_siraha.jpeg
काठमाडौ । मधेसी मार्चाले आह्वान गरेको मधेश बन्दको  दोस्रो दिन  बुधवार पनि मधेशी जिल्लाहरुको जनजीवन प्रभावित भएको छ ।  मालेको कार्यक्रम अवरोध गर्न जाने क्रममा प्रहरीको गोली लागि आफ्ना कार्यकर्ताहरुको ज्यान गएपछि मोर्चाले मंगलबार र बुधबार मधेश बन्दको आह्वान गरेको थियो । 
 
मोर्चाले गरेको बन्दका कारण सप्तरी, सिराह,धनुषा लगायत जिल्लामा बिहानैदेखि बन्दको प्रभाव परेको स्थानीय पत्रकाहरुले जनाएका छन् । सप्तरीबाट ओमप्रकाश शाह, धनुषाबाट शैलेन्द्र झा, रौतहटबाट सञ्जयकार्कीले दिएको जानकारी अनुसार बन्दकर्ता बिहानैदेखि बजार बन्द गराउदै हिँडे पनि अवस्था भने शान्तिपुर्ण छ।
 
बन्दका बेला हुन सक्ने सम्भावित धटनालार्इ मध्यनजर गर्दै  प्रहरीले समेत उच्च सुरक्षा ब्यवस्था अपनाएको छ। अहिले बन्दकर्ताहरु व्यक्तिगत सम्पत्ति तोडफोडमा उत्रिन थालेको समेत उनीहरुले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ