आमाहरुले धानेको समाज

रेणुका पौडेल, प्रकाशित मिति : २०७३ फाल्गुण २५ बुधबार , ६,३९० पटक हेरिएको
रेणुका पौडेल
उनि त्यो गाउँको माटो,हावापानिसँग भिजेको करिब तिन दशक पुग्न लाग्यो । यस पटक उनले त्यहि क्षेत्रको प्रतिनिधित्व गर्दै स्थानिय निकायको नेतृत्वमा पुग्ने ठुलो सपना साँचेकी छन् । करिब ३० बर्ष अगाडि बिहे गरेर त्यो ठाउँमा आउदा उनीसँग कुनै कल्पना थिएन र यो स्थितिमा पुग्ने सम्भावना पनि देखेकि थिईनन् । उनि अर्थात सीतादेबी जसले आफ्नो जिवनका महत्वपूर्ण र उर्जावान धेरै समय त्यस ठाउँमा खर्चेकि छन् । 
 
विवाह गरेर त्यो गाउँमा आउदा सीतादेवि १६ बर्षको कलिलो उमेरकै थिईन् । आठ कक्षामा पढ्दै गर्दा उनको बिबाह भएको थियो । पढाईलाई निरन्तरता दिने उनको ठुलो रहर थियो । त्यति बेलाको पारिबारिक तथा सामाजिक परिबेश चट्टानी पहाड नै बनेर उभिए जस्तो लागे पछि उनि केहि नबोली त्यहि परिबेशलाई आत्मसात गरिन् । लामो समयको सामाजिक, राजनितिक क्रियाशिलता सँगै बेला बेला खट्कने उच्च शिक्षा अध्यनन अभाबले अहिले उनलाई लाग्छ त्यतिबेलाको परिबेश नफोरिने चट्टानि पहाड त होईन रहेछ । तर त्यतिबेला कहिल्यै फोर्न नसकिने चट्टानी पहाड जस्तै लाग्यो र फोर्ने आँट नै गरिन । आँटेको भए सक्थे कि भन्ने लाग्छ । ३० बर्ष अगाडि फोर्नै नसकिने देखेको चट्टानी पहाड ३० बर्ष पछाडि केहि होईन रहेछ भन्ने लागेको छ उनलाई । हिजो त्यहि कुरा ठुलो लागेर मौन बस्नु र आज त्यहि कुरा सामान्य ठानेर केहि होईन रहेछ भन्नु उनि भित्र आएको परिबर्तन हो अर्थात् समय सँग सँगै भएको सामाजिक रुपान्तरण पनि हो । 
 
उनलाई पढ्ने रहर नभएको भने होईन । पढाईलाई निरन्तरता दिने तिब्र ईच्छा थियो । आफू माथीका दाईहरु र आफूमुनिका भाईहरु क्याम्पस तथा बिद्यालय गइरहदा उनले भने आफ्नो पढ्ने ईच्छालाई आठ कक्षामा नै रोक्नुप¥यो । त्यति बेला उनले आफ्ना हजुरआमा, आमा तथा दिदिहरुलाई सम्झीन् जसले अक्षर चिन्ने अबसर समेत पाएनन् ।  छोरि भएर जन्मेपछि पढ्न नपाईने र पढिहाले पनि चुलो, चौको, घर धन्दा घाँस, दाउरा तथा  खेतिपातिमा नै ब्यस्त रहनुपर्ने दैनिकिलाई पनि स्मरण गरिन् । कलिलै उमेरमा पढाई चटक्कै छाडेर न दिनको भोख तिर्खा , न रातको निद्रा केहि नभनि श्रीमान्को घरमा चुलो चौको घाँस दाउरा मेलापात गर्दै सबैको चित्त बुझाउदै सन्तानलाई जन्म दिएर हुर्काउनु सहज बाटो थिएन । त्यसका बाबजुद पनि उनि सबै प्रतिको आफ्नो दायित्व तथा कर्तब्य पुरा गर्दै स्थानिय स्तरका सामाजिक संघसस्थाहरुको कार्यक्रममा सहभागि हुन थालिन् । त्यति बेला गाउँमा पढ्न लेख्न जान्ने साक्षर महिलाहरु नहुने र पढेलेखेका माध्यमिक तहको शिक्षा पुरा गरेकाहरु प्राय गाउँमा नबस्ने सहर बजार केन्द्रीत हुने प्रचलनले गर्दा  महिलाको प्रतिनिधित्व गराउनुपर्ने ठाउँमा महिलाको नाम लिनु पर्दा उनको नाम नै अगाडि आउथ्यो । आफ्नै घरभित्र आफूलाई लागेका कुरा निर्धक्कका साथ राख्न नसक्ने संस्कारमा हुर्किएकि उनलाई  सुरुका दिनमा सार्बजनिक ठाउँमा  निर्धक्कका साथ आफूलाई मनमा लागेका र आफूले देखेका कुरा ब्यक्त गर्न असहज नै लाग्थ्यो  । सुरुका धेरै बर्ष उनि अरुका बिचार मात्र सुनेर बसिन् र हो होईन अर्थात हुन्छ हुदैनको मात्र जवाफ दिन्थीन् । उनको   दृष्टिकोण नभएको भने होईन ।" मैले यसो भन्दै गर्दा के सोच्ने हुन् , के बुभ्ने हुन् , राम्रो हुने हो कि नहुने हो । " उनका मनमा ठुलो अन्तरद्वन्द चल्थ्यो रे । मन लागेका कयौ कुराहरु मनमा नै गुम्साईन् । आफूलाई भन्न मन लागेर पनि नभनेका त्यहि कुरा अरु कसैले भन्दा र सबैले समर्थन गर्दा  उनलाई नबोलेको पछुतो पनि लाग्यो । लामो समयसम्म को त्यहि मानसिक अन्तरद्वन्दका बिचमा कहिले काहि आफूलाई लागेका कुरा बिस्तारै भन्ने अभ्यास गर्न लागिन् । अनि सँग सँगै आफूलाई लागेका कुरा निर्धक्कका साथ बोल्दा  अरुलाई त्यो कुरा ठिक हो भन्ने नलागे पनि बिग्रने केहि रहेनछ, आँखिर आफूलाई लागेको, जानेको देखेको कुरा भन्न डर, लाज नमान्नु पर्ने रहेछ भ्न्ने सत्यलाई बिस्तारै आत्मसात गर्दै गईन ।
 
उनको त्यो सिकाइले गाउँमा भित्रने सबै खाले अबसरलाई सदुपयोग गर्दै सामाजिक जीवनमा अगाडि बढ्न उनलाई निकै प्रेरित गर्‍यो । त्यसपछि उनि घरभित्रै मात्रै सिमित रहिनन् । घरको काम छाडेर सामाजीक काममा मात्रै क्रियाशिल भन्दा नि घरको काम सकेर  समय ब्यबस्थापन गरि सामाजिक काममा अग्रसर भएका कारण उनले त्यति धेरै पारिबारिक अप्ठ्यारो बेहोर्नु परेन । त्यसो त सार्वजनिक काममा संलग्न भएर विभिन्न संघ संस्थाको नेतृत्व गर्दै गर्दा बुहारि नेता भई भन्ने आसयका ब्यंगात्मक अभिब्यक्ति नआएका भने होईनन् । हरेक दिन घरभित्र होस् वा घर बाहिर त्यस्ता प्रहारको सामना गर्न त पथ्र्यो नै तर पनि पारिबारिक रुपमा बुहारि हुनुको आफ्नो सबै दायित्व पुरा गरेकै कारण पारिबारिक सम्बन्ध नै बिग्रन्छ कि भन्ने स्थीतिको भने सामना गर्नु परेन उनले । 
 
सामाजिक संघसंस्थाको नेतृत्व गर्दै गर्दा आस्थाका आधारमा राजनितिक दल सँग पनि जोडिन पुगिन् सितादेबी । गाउँ घरमा छर छिमेकमा सबै खाले समस्या मा सुख दुखको साथी बनीन् । स्थानिय तहका सबै संरचामा काम गर्ने प्रक्रिया, विकासका नाममा आउने बजेट , खर्च हुने रकम लगायका सबै कुराको जानकारि छ अहिले उनलाई । स्थानिय तहमा रहेका प्राय सबै संस्थाको कुनै न कुनै भुमिकामा रहेकी छन् ।  सबैतिर बस्दीन र समय दिन भ्याउदिन भन्दा भन्दै पनि सबै कुरा तलाई थाहा छ, जानेकी छस् र गर्न सक्छेस भन्दै नबसि सुखै नपाउने उनको अनुभब छ । उनलाई यो अबस्था सम्म पुर्‍याउन उनका श्रीमान् र छोराछोरीहरुको बलियो साथ र सहयोग छ अहिले । अमिलो मन गर्दै बिद्यालय तहको शिक्षा पनि बिचैमा छाड्न बाध्य उनले आफ्नो त्यहि अबस्थालाई सम्झेर छोराछारीका निम्ती भने सबै  बाटो  खुल्ला गर्ने प्रयत्न गरिन् र छोरा हुन् वा छोरि कसैको पनि ढोका बन्द हुन पाएन ।  उनलाई बेला बेला  पछुतो पनि लाग्ने गर्छ उ  बेला पढ्न  पाएको भए अहिले कति अगाडि बढ्थे होला, पढ्न पाएको भए अबसरका धेरै ढोका खुल्थे । बिभिन्न समयमा गाउँमा अबसर आउँदा नपढेर खुम्चीनु परेको तितो अनुभब  छ उनिसँग । धेरै कुरामा जानकार छन् । निर्धक्क बोल्न सक्छीन् । अरु दिदि बहिनि कसैलाई सारो, गाह्रो अप्ठ्यारो पर्दा खुलेर सहयोग गर्छिन् । खुसीको होस् वा दुखको सबै खाले परिस्थीतिमा सबैले उनलाई सम्झन्छन् । कसैले छुटाउदैनन् । उसो त सधै उनि उत्साहि र आशाबादि नै हुन् । गाउँ ठाउँका साधारण महिलाका लागि केहि गर्ने प्रेरणाको स्रोत बनेकी उनको आपनै प्रेरणाको स्रोत चाहि के होला । 
 
दृढ ईच्छा शक्ति, दरिलो आत्मबिश्वास बटुलेकी उनि पछिल्लो पटक अझ धेरै आशाबादी र उत्साहि देखिएकि छन् । कारण करिब २ दशक पछि सरकारले स्थानिय निकायको निर्बाचन घोषणा गरेको छ । महिला सशक्तिकरण, साक्षरता र आत्मनिर्भरता का बिषयमा बेला बेला बिभिन्न कार्यक्रमको आयोजना तथा संचालनको नेतृत्व गर्ने उनले यो पटक आधिकारिक रुपमा जनताको मत लिएर प्रतिनिधित्व गर्ने सोचमा छन् । पाटिले उम्मेदबार बनाउछ बनाउदैन, टिकट दिन्छ दिन्न भन्ने चासो चिन्ता भन्दा नि स्थानिय निकायमा महिलाको प्रतिनिधित्वलाई संबिधानमा नै अनिबार्य गरिनु र आफू जति सक्रिय अरु कम भएका कारण उम्मेदबार बन्न पाउछु भन्नेमा विश्वस्त हुदै त्यहि विश्वासमा टेकेर  आफ्नो पाटिलाई जिताउने अभियानमा जुटिसकेकी छन् । 
 
हरेक गाउँका महिलाहरु सीतादेबी जसरि नै सघर्ष गरिरहेका छन् । हजुरआमाको पुस्ताले त्यो संघर्ष गर्ने अबसर नै पाएन । भने नातिनिहरुको पुस्ता अबसरको खोजीमा सहर बजार र बिदेश केन्द्रीत भएको छ । स्थानिय तहमा बसेरे दुख गरेकै आमाहरुको पुस्ताले हो । जसले छिटै बिबाह गर्न पर्‍यो । बहुसख्यकले उच्च शिक्षा अध्ययन गर्न पाएनन् । अबसरको खोजीमा पलायन हुनुपरेन । घरधन्दा, खेतिपातिको काम गरेर छोराछोरी पढाउदै समय बचाएर सामाजिक राजनितक क्षेत्रमा क्रियाशिल रहे । अध्ययनले भन्दा नि अनुभबले परिपक्व बनाएको छ उनीहरुलाई । एक अर्थमा उनिहरुले नै धानेका छन् घर,परिवार, सामाजिक संघ संस्था तथा संगठन । उनिहरुले आफ्नो सर्बस्व नै त्यहि मानेका छन् । अधिकाश ठाउँमा त पुरुषहरु सहयोगि मात्र बनेका छन् । स्थानिय  तहमा क्रियाशिल महिलाहरु लगभग सबैले सीतादेबीले जस्तै संघर्ष गरेका छन् । लामो समय देखि दुख, संघर्ष गरेर सामाजिक, राजनितिक जीवनमा सक्रिय रहेका महिलाहरुका निम्ती अब हुने स्थानिय निकायको निर्बाचनले निकै महत्वपूर्ण अर्थ राख्नेछ । 
 
समाज रुपान्तरणका दृष्टिले होस् अथवा विकासको दृष्टिकोणले होस् समाजको तल्लो संरचना ज्यादै नै महत्वपूर्ण हुन्छ । बिशेष गरि अझ लोकतान्त्रीक शासन ब्यबस्थामा समाजको तल्लो तह आधार स्तम्भका रुपमा रहन्छ । स्थानिय निकायमा सबल र सक्षम महिलाको प्रतिनिधित्व हुनु भनेको महिलाहरु तल्लो तहसम्म शसक्त बन्ने आधार सिजर्ना हुनु हो । कति ठाउँमा स्वत स्फूर्त महिलाहरु उम्मेदबार बन्छु भन्ने अबस्था नहोला, कति ठाउँमा उम्मेदबार बन्ने आत्मबिश्वास बटुले पनि काम गर्ने प्रक्रियाका बारेमा ज्ञान नहोला र अनुभव पनि । कति ठाउँमा उम्मेदबार बने पनि  जित्ने अबस्था सिर्जना नहोला र केहि ठाउँमा खुल्ला प्रतिस्पर्धा मार्फत स्थानिय निकायको नेतृत्व गर्छु भन्दा आरक्षण पदमा मात्र सिमित रहनु पर्ला । सबै ठाउँको अबस्था एउटै छैन । फरक फरक अबस्था र स्थिति हेरेर राजनितिक दलहरुले आफ्ना उम्मेदबार तय गरुन् । उम्मेदबार तय गर्दा महिलाहरु कम प्राथमितामा पर्ने र उपेक्षीत हुने अबस्थाको अन्त्य होस् । संबिधानमा ब्यबस्था भए अनुरुप स्थानिय निकायको निर्बाचनमा महिलाहरुको प्रतिनिधित्व हुन सक्यो भने समाजको तल्लो संरचना महिला मैत्री बनाउन सहज हुन्छ । स्थानिय निकायको प्रभाब प्रादेशिक र राष्ट्रिय निर्बाचनमा पनि पर्नेछ । स्थानिय निकायको निर्बाचन लैङ्गिक दृष्टिकोणबाट महिला मैत्री समाज निमार्णको एउटा दरिलो अभियानका रुपमा स्थापित पनि हुनेछ । 
paudelrenuka88@gmail.com
नयाँ