arrow

टेनिसमा जस्तै महिलाले स्कर्ट लगाएर क्रिकेट खेलुन् त !

logo
प्रकाशित २०७३ फागुन २५ बुधबार
women-cricket-skirt.jpeg
एजेन्सी । हरेक मार्च ८ तारिखमा विश्व नारी दिवस मनाइन्छ । यसै दिनलाई भन्दै धेरै त्यस्ता खुराकहरु सामने आउँछन् जुन पहिले विरलै आउँथे । त्यस्तै मध्येको एक हो महिला विश्व क्रिकेटको । क्रिकेट त्यस्तो खेल हो जहाँ पूरै कपडा लगाएर खेलिन्छ । तर पहिले त्यस्तो थिएन । सन् १९७० को दशकमा महिलाले टेनिसमा जस्तै स्कट लगाएर क्रिकेट खेल्ने गर्दथे । 
 
त्यसो त महिला क्रिकेटको सुरुवात सन् १७४५ देखि नै भएको हो । उक्त कीर्तिमानी खेल इङल्याण्डमा भएको थियो । हुनत अर्को कुनै पहिलो खेल पनि हुनसक्छ । तर विश्वमा रेकर्डमा रहेको यो नै पहिलो हो । अचम्म त के भने महिलाहरु बिकिनी लगाएरसमेत क्रिकेट खेल्ने गर्दथे । 
 
पहिलो अन्तर्राष्ट्रिय टेष्ट खेल भने सन् १९३४ मा इङल्याण्ड र अष्ट्रेलियाबीच भएको थियो । त्यसमध्येकी एक खेलाडी हुन् एनिड बेकवेल जसले डेब्यु नै सतक प्रहार गरेकी थिइन् । उनले १२ टेष्टमा १०७८ रन बनाएकी थिइन् जसमा चार सतक पनि थिए । बेकवेललाई सरडन ब्रेडम्यानसंग पनि दाँजिन्छ । 
 
अहिले महिला क्रिकेटरले पहिलेको जस्तो स्कर्ट लगाएर खेल्ने हो भने टेनिसभन्दा पनि अझ बढी महिला क्रिकेटले चर्चा पाउनेमा निश्चित छ । किनकि टेनिसमा एक पटकमा बढीमा चार जना महिला (वुमन्स डबल्समा) ले खेल्छन् । तर क्रिकेटमा त १३ जना हुन्छन् (ब्याटिङमा दुई र फिल्डिङमा ११) ।
 
क्रिकेटमा अझ बढी लडिबुडी गर्नुपर्ने भएकाले पनि ग्ल्यामरको हिसाबले त पक्कै पनि महिला क्रिकेट चम्किने निश्चित छ । आखिर जतिसुकै नारा घन्काए पनि दुनियाँ ग्ल्यामर नै रहेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ