arrow

हात्ति आउने भएपछि रातभर जाग्राम !

logo
प्रकाशित २०७३ फागुन २५ बुधबार
Elephant-1-750x500.jpeg
काठमाडौं । हात्तीले गाउँ नजिकै आएर कराउन थाले पछि गाँउले रातभर जाग्राम बशेका छन् । कपिलवस्तुको गौतमबुद्ध साझेदारी वनमा आएको हात्तीले यहाँका गुगौली, शिवगढी, गणेशपुरी, खुरुहुरिया, भगवानपुरलगायत गाविसका बासिन्दाहरु त्रासले रातभर जाग्रमा बसेका हुन्। 
 
हात्तीले गाउँ नजिकै आएर कराउने, किसानले लगाएको अन्नबाली नष्ट गर्ने गरेका करण स्थानीय बासिन्दा त्रसित भएको गौतमबुद्ध साझेदारी वनका अध्यक्ष जानकी यादवले जानकारी दिइन् । यादवका अनुसार जङ्गलको छेउमा गरिएको तारबारसमेत तोडेर बच्चासहित आउने हात्तीले लाखौं मूल्य बराबरको धनमालको नोक्सान गर्ने गर्छन् । बाँके राष्ट्रिय निकुञ्जबाट हात्ती आएको हुनसक्ने गौतम बुद्ध साझेदारी वनका वन रक्षकले बताएका छन् । 
 
भारतको जङ्गल हुँदै बच्चासहितको हात्ती आउने गरेको अनुमान छ । हात्तीको डरले घाँस दाउरा गर्नका लागिसमेत स्थानीयले जङ्गल जान छाडेको गुगौलीका हरिराम थारुले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ