arrow

हेटौंडाका विजयी पत्रकारलार्इ व्यवसायीको सम्मान

logo
प्रकाशित २०७३ फागुन २५ बुधबार
hetauda_patrakar.jpeg
हेटौडा । मकवानपुर उद्योग वाणिज्य संघले बुधबार एक कार्यक्रम गरी पत्रकार महासंघ, मकवानपुरका नवनिर्वाचित महासंघका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको छ । संघको सभा हलमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष हरि प्रसाद हुमागाईं सहित महासंघका पदाधिकारी तथा सदस्यहरु, केन्द्रीय पार्षदहरुको समेत उपस्थिति रहेको थियो । 
 
कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष राजकुमार न्यौपानेले पत्रकारिताकै माध्यमले निजी क्षेत्रले उत्पादन गरेका वस्तुहरुको बजारीकरणमा सघाउ पुर्याउने हुनाले अहिलेकै जस्तै यस तर्फ आगामी दिनमा समेत सहयोग पाउने अपेक्षा रहेको बताएका छन् । मकवानपुरका  सचारकर्मीहरुका लागि आर्थिक हिसाबले टेवा पुर्याउन संघको तर्फबाट गर्न सक्ने पहल आफूले गर्ने प्रतिबद्धता व्यक्त गरका थिए। 
 
कार्यक्रममा महासंघका अध्यक्ष हुमागाईले मकवानपुरका पत्रकारले निजी क्षेत्रलाई साथमा राखेर अघि बढी रहेको बताउनु भएको थियो । संघका पदाधिकारी, सदस्यहरु समेत उपस्थिति रहेको सम्मान कार्यक्रममा संघका महासचिव महेन्द्र राउत, सञ्चार उद्यमी उज्वल चौलागाई, महासंघका केन्द्रीय पार्षद भानुभक्त आचार्य लगायतले पनि आफ्नो मन्तब्य व्यक्त गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ