arrow

भारत र नेपालका अधिकारीबीच तीनबुँदे सहमति, सीमा क्षेत्रमा देखिएको तनावको अन्त्य

logo
प्रकाशित २०७३ फागुन २७ शुक्रबार
kanachanpur_jhadap.jpeg
कञ्चनपुर । पुनर्वास नगरपालिका–८ मा आज २६ वर्षीय गोविन्दप्रसाद गौतमको भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर मृत्यु भएपछि सीमा क्षेत्रको तनाव कम गर्न नेपाल र भारतका अधिकारीबीच तीनबुँदे सहमति भएको छ । 
 
भारतको उत्तर प्रदेशको लखिमपुर खिरी जिल्लाका डिएम आकाश दीप र कञ्चनपुरका प्रजिअ मनोहरप्रसाद खनालबीच भएको छलफलमा सो सहमति भएको हो । 
 
तीनबुँदे सहमति भएसँगै सीमा क्षेत्रमा देखिएको तनावको अन्त्य भएको छ । 
 
विवादित सीमा क्षेत्रमा दुवै देशको संयुक्त सर्भे टोलीले रेखाङ्कन गरी सीमा विवाद हल गर्ने, एसएसबीले गोली प्रहार गरेर नेपालीको मृत्यु भएको देखिए छानबिन गरेर दोषीमाथि कारबाही र मृतकको परिवारलाई क्षतिपूर्ति दिने र स्थानीयस्तरमा देखिने सीमा समस्या नेपाली सशस्त्र प्रहरी र एसएसबीले समन्वय गरेर हल गर्ने तथा माथिल्लो निकायमा विवादबारे समयमै जानकारी गराउने सहमति भएको प्रजिअ खनालले जानकारी दिए ।रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ