arrow

कञ्चनपुरलाई दुख्दा काँकडभित्तामा काँग्रेस जाग्यो, साँझ ५ बजे विरोध सभा

logo
प्रकाशित २०७३ फागुन २८ शनिबार
congres-protest-2017.jpeg
काठमाडौं । नेपाली काँग्रेसले कञ्चनपुरमा भएको भारतीय ज्यादती विरुद्ध राष्ट्रवादी अभियान सुरु गरेको छ । सुदूरपश्चिममा भएको भारतीय हस्तक्षेप विरुद्ध पूर्वेली काँग्रेसहरु सक्रिय भएर विरोधमा उत्रिएका हुन् । कञ्चनपुरलाई चोटलाग्दा काँकडभित्तालाई दुख्नेगर्छ भन्ने नाराका साथ नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माको नेतृत्वमा शनिबार साँझा ५ बजे काँकडभित्तामा विशाल विरोधसभा हुने भएको छ । 
 
काँकडभित्ताको हनुमान मन्दिरमा आयोजना गर्न लागिएको उक्त विरोध सभा भारतीय हस्तक्षेत्र रोक्न र नेपाली नेपालीबीच भातृत्वको भाव फैलाउनको लागि आयोजना गरिएको आयोजकले जनाएको छ । 
 
एउटा सामान्य कल्भर्ट निर्माणको विषयमा कुरा नमिल्दा भारत र नेपालको सीमानामा पर्ने कञ्चनपुरको आनन्दबजार अहिले तनावमा छ । स्थिती तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सो बजार क्षेत्रमा अनिश्चितकालीन निशेधाज्ञा जारी समेत गरेको छ । भारतीय सीमा सुरक्षा बल एसएसबीले गत विहीबार नेपाली युवा गोविन्द गौतमको गोली हानी हत्या गरेपछि आक्रोशित बनेको नेपाली भीडलाई नियन्त्रण गर्नको लागि प्रशासनले निशेधाज्ञा जारी गरेको जनाएको छ । 
 
यसै घटनाको विरोधमा अहिले सुदूर पश्चिम मात्रै नभएर मुलुकभरी नै प्रदर्शन भईरहेको छ । जसमा भारतीय हस्तक्षेपको कडा रुपमा विरोध गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ