काठमाडौं । काठमाडौंको बालाजुमा साझाबसमाथि आगजनी भएको छ । शनिबार नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओबादीले आह्वान गरेको बन्दको दिन सवारी चलाएको भन्दै यात्रुको भेषामा आएका दुर्इजनाले अागजनी गरेकाे बालाजु प्रहरीले जनाएकाे छ । अहिले बसको ४ वटा सि६मा सामान्य क्षति भएको छ ।
बा ४ ख ५६४८ नम्बरको बस बार्इपासमा यात्रु अाेरालेर अरु यात्रु चढाउन राेकिराखेकाे थियाे । बसमा क्षति हुन नदिन प्रहरीले तत्कालै आगो निभाउन थालेकोले थप क्षति हुन नसकेको हो । आगाे लगाउने युवाहरु भाग्न सफल भएको प्रहरीले बताएको छ। अहिले बिस्तृत रुपमा प्रहरी खाेजीकार्य जारी राखेकाे जनाएकाे छ।