arrow

सप्तरी घटनाका मृतकको शवयात्रा गरियो

logo
प्रकाशित २०७३ फागुन २८ शनिबार
sabyatra.jpeg
राजविराज (सप्तरी)। प्रहरीको गोली प्रहारबाट मृत्यु भएका मधेसी मोर्चाका पाँच जना कार्याकर्ताको शनिबार शवयात्रा गरिएको छ । 
 
मृतक पाँचै जनाको पार्थीव शरीरमा सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो, नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिल झा, सङ्घीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र स्थानीय नेता तथा कार्यकर्ताले राजविराजको गजेन्द्रचौकमा भावपूर्ण श्रदाञ्जलि दिएका थिए  । 
 
नेकपा(एमाले) को मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित औद्योगिकक्षेत्रमा गत सोमबार प्रहरी र मोर्चा कार्यकर्ताबीच भएको झडपमा प्रहरीले प्रहार गरिएको गोलीबाट सप्तरी मलेठ–२ का रञ्जन मेहता, मलेठ–४ का वीरेन्द्र महतो र पिताम्बर मण्डल, प्रसवनी गाविस टेङ्रीका आनन्द साह तथा जमुनी–१ का इनरदेव यादवको मृत्यु भएको थियो । 
 
राजविराजको गजेन्द्र चौकबाट निकालिएको शवयात्रा हनुमाननगर सडक खण्डअन्तर्गत देउरी भरुवा, तोपा, मनसापुर, हनुमानगर, भारदह, बरमझिाया, कञ्चनपुर, रुपनी कल्याणपुर र कदमहा हुँदै सिरहाको लहानसम्म शवयात्रा निकालिएको मधेस राष्ट्रिय समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डलले जानकारी दिए । 
 
लहानमा श्रद्धाञ्जलि कार्यक्रमपछि शवयात्रा पुनः कदमहा, कल्याणपुर, शम्भुनाथ र रुपनी हुँदै राजविराजसम्म शवयात्रा निकालिएको थियो । त्यसपछि शव मृतकका परिवारलाई जिम्मा लगाई दहासंस्कार गरिने मोर्चाले जनाएको छ । 
 
मृतक पाँच जनामध्ये एक जनाको घटनास्थलमै र चार जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ