arrow

केन्या विरुद्ध नेपाल ५ विकेटले पराजित

logo
प्रकाशित २०७३ फागुन २८ शनिबार
cricket-nepal.jpeg
काठमाडौं । केन्याविरुद्धको विश्व लिग क्रिकेट च्याम्पियनसिपमा नेपाल ५ विकेटले पराजित भएको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिपको पाँचौं चरणको पहिलो खेलमा वर्षाले खेल अवरुद्ध हुँदा २६ ओभरमा पाएको ९४ रनको चुनौती केन्याले २४.१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । केन्याली कप्तान राकेप पटेलले कप्तानी इनिङ खेल्ने क्रममा ७४ बलमा नटआउट हुँदै ३४ रन बनाए । नेपालका लागि सन्दीप लामिछाने र सागर पुनले २–२ तथा बसन्त रेग्मीले १ विकेट लिए  । तर सोमपाल कामी भने महंगा सावित भए । 
 
यसअघि नेपालले ३६ ओभरमा ८ विकेट गुमाएर ११२ रन बनाएको थियो । नवौं विकेटका लागि कीर्तिमानी नटआउट ३० रन जोड्ने क्रममा शक्ति गौचनले १८ तथा सोमपालले १५ रन जोडेका थिए ।  
यसअघि नेपालले आठौं विकेटका रुपमा बसन्त रेग्मीलाई व्यक्तिगत ६ रनमा गुमायो ।
 सातौं विकेटका रुपमा डेब्यु खेलाडी दीपेन्द्र सिंह ऐरीलाई व्यक्तिगत १९ रनमा गुमायो । 
 छैटौं विकेटका रुपमा मेहबुब आलमलाई २ रनमा गुमायो ।
 पाँचौं विकेटका रुपमा विनोद भण्डारीलाई व्यक्तिगत ४ रनमा गुमायो । 
 त्यस्तै चौथो विकेटका रुपमा शरद भेषवाकरलाई व्यक्तिगत ३ रनमा गुमायो । शरदले १७ बल खेल्दा मात्र ३ रन बनाए । 
 त्यस्तै तेस्रो विकेटका रुपमा सागर पुनलाई २३ बलमा व्यक्तिगत १० रनमा गुमायो । 
 नेपालले दोस्रो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र मल्ललाई व्यक्तिगत २७ रनमा गुमायो । उनले ५ चौकाको मद्धतले ३५ बलमा २७ रन जोडे । 
 यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाललाई पहिलो विकेटको रुपमा राष्ट्रिय टिमका लागि डेब्यु गरेका २२ वर्षे युवा सुनील धमलालाई व्यक्तिगत ३ रनमा गुमायो । 
 
दीपेन्द्र सिंह ऐरी छन् । ऐरीले राष्ट्रिय टिममा डेब्यु गरेका हुन् । 
 
यता, कप्तान पारस खड्का, अविनाश कर्ण र आरिफ शेख भने बाहिरिए । पारसको यसै महिनाको सुरुमा पेटको शल्यक्रिया भएको थियो । उनी अभ्यास खेलका लागि भारत पनि गएका थिएनन् । 
 
वर्षाले गर्दा ढिला गरी सुरु भएको खेल ३८ ओभरमा झारिएको थियो । शीर्ष चारभित्र अटेर विश्वकप छनोटमा छानिन पनि नेपाललाई यो खेल जित्नैपर्ने छ ।
 
 आठ टोली सहभागी प्रतियोगिताका शीर्ष चारमा पुग्ने टिमले विश्वकप छनोट खेल्न पाउने भएकाले ६ अंकसहित छैटौं स्थानमा रहेको नेपाललाई यो खेल जित्नैपर्ने दबाब थियो । त्यस्तै केन्या १० अंकसहित पाँचौं स्थानमा छ । दोस्रो खेल सोमबार हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ