arrow

आईसीसी विश्व क्रिकेट लिगः नेपाल र केन्या भिड्दै, लाइभ हेर्दै गर्नुहोला

logo
प्रकाशित २०७३ फागुन ३० सोमबार
cricket-nepal.jpeg
काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा केन्यासंग दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा गत शनिबार पराजय भोगेको नेपालका लागि वर्षा नै हारको कारक बनेको थियो ।
 
तर यो खेलमा भने विजय हासिल गर्ने मुख्य प्रशिक्षक जगत टमाटाको दावी छ । उनले पहिलो खेलमा भएको कमजोरी सुधार्दै खेल आफ्नो पक्षमा पार्ने बताए । उनले भने, ‘हाम्रो कमजोरी ब्याटिङमा हो, आजको खेलमा सुधार गर्छौं ।’
 
नेपालले यो खेलमा केन्यासंग पराजय बेहोरे ८ टीम सहभागी च्याम्पियनसिपको शीर्ष चारभित्र परेर आगामी विश्वकप एक दिवसीयको छनोट खेल्ने सम्भावना लगभग सकिने छ । 
 
एक दिवसीय विश्वकपको अनुभवी केन्यालाई हराउन सके नेपालले फड्कोमात्र मार्नेछैन विश्वकप छनोटको सम्भावनालाई जिवितै राख्नेछ । 
 
केन्या १० अंकसहित पाँचौं स्थानमा छ भने ६ अंकको नेपाल छैटौं स्थानमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ