काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा केन्यासंग दोस्रो खेल खेलिरहेको छ । नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ ।
नेपालका लागि सोमपाल कामी र मेहबुब आलमले पहिलो स्पेलको बलिङ कमान सम्हालेका छन् । नेपाली टिममा पहिलो खेलकै टिम रहेको छ । पारस खड्का दोस्रो खेलमा पनि बाहिरै रहनु परेको छ ।
पहिलो खेलमा गत शनिबार पराजय भोगेको नेपालका लागि वर्षा नै हारको कारक बनेको थियो ।
तर यो खेलमा भने विजय हासिल गर्ने मुख्य प्रशिक्षक जगत टमाटाको दावी छ । उनले पहिलो खेलमा भएको कमजोरी सुधार्दै खेल आफ्नो पक्षमा पार्ने बताए । उनले भने, ‘हाम्रो कमजोरी ब्याटिङमा हो, आजको खेलमा सुधार गर्छौं ।’
नेपालले यो खेलमा केन्यासंग पराजय बेहोरे ८ टीम सहभागी च्याम्पियनसिपको शीर्ष चारभित्र परेर आगामी विश्वकप एक दिवसीयको छनोट खेल्ने सम्भावना लगभग सकिने छ ।