arrow

पारस खड्का पुर्ण स्वस्थ हुन करिब एक महिना लाग्ने, ईमर्जिङ कप नखेल्ने पक्का

logo
प्रकाशित २०७३ फागुन ३० सोमबार
Paras_khadka_hamrakura.jpeg
काठमाडौं। नेपाली क्रिकेटका स्टार खेलाडी एवं कप्तान पारस खड्काले खेल्न भन्दा बाहिर बसेर हेर्न गाह्रो हुने भन्दै केन्या बिरुद्धको दोस्रो खेलमा नेापली टोलीले सबै क्षेत्रमा राम्रो प्रदर्शन गरेर जितेको बताएका छन्। 
 
स्वास्थ्य स्थिती प्रतिकुल रहेका पारसलाई टोली ब्यवस्थापनले नखेले पनि टिमसँग सँगै बस्दा टोलीको मनोबल उच्च रहने बताउँदै उनलाई टिममा समावेश गरेको थियो। आफु पुर्ण स्वस्थ हुन करिब एक महिना लाग्ने उनले बताएका छन्।
 
पारस खड्का बंगलादेशमा हुने ईमर्जिङ कप क्रिकेट नखेल्ने पक्का भएको छ। मार्च २५ देखि अप्रिल ४ तारिखसम्म हुने  प्रतियोगितामा आफु उपलब्ध नहुने पारसले ब्यवस्थापनलाई जानकारी दिईसकेको बताएका छन्। 
 
नेपाल, अफगानिस्तान, हङकङ र मलेसियाको राष्ट्रिय टोली र भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका २३ बर्ष मुनीको टोली उक्त प्रतियोगितामा सहभागी हुनेछन्।  
 
नेपाली क्रिकेट टोली खेलहरु जित्न सक्षम रहेको र आफु बिना पनि राम्रो प्रदर्शन गरेर देखाएकोमा खुशी रहेको बताए। उनले भने ' कुनै एक खेलाडी भन्दा टिम र देश पहिला हो। खेलाडी आउने जाने भैरहन्छ तर टिम  रहिरहने हुनाले  क्रिकेटको बिकास महत्वपुर्ण हुन्छ।' 
 
नेपाली क्रिकेट टिमका निमित्त कप्तान ज्ञानेन्द्र मल्लले केन्या बिरुद्धको जित सबै खेलाडीहरुको मिहिनेत र योगदानले गर्दा हासिल भएको बताएका छन्। 
 
आइसीसी वल्ड क्रिकेट लिग च्याम्पिनयसिपमा नेपालले शानदार जित हासिल गरेको छ । नेपालले केन्यामाथि ७ विकेटको जित हासिल गरेको हो। कीर्तिपुरस्थित त्रिविविको मैदानमा भएको खेलमा नेपालले १५६ रनको चुनौती नेपालले ३०.२ ओभरमै ३ विकेटको क्षतिमा विजय हासिल गरेको हो। 
 
ज्ञानेन्द्र मल्लले ६४ तथा दीपेन्द्र सिंह ऐरीले ६२ रन जोडे। यसअघि केन्याले ४६।१ ओभरमा अलआउट हुँदै १५५ रन बनाएको थियो । एक दिवसीयमा नेपालले पहिलो पटक केन्यालाई हराएको हो। यो जितसंगै ८ टिम सहभागी च्याम्पियनसिपमा नेपाल ८ अंकसहित छैटौं स्थानमा छ । पाँचौं स्थानको केन्या १० अंकमा छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ