arrow

राप्रपाले प्रक्रियागत रुपमै गाईलाई चुनाव चिन्ह स्वीकारेको हो –महामन्त्री प्रधान

‘लोहनीजीले पार्टी छाडेको विश्वास गर्नै सकेको छैन’

logo
प्रकाशित २०७३ चैत १ मंगलबार
dhruba-bd-pradhan.jpeg
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री धु्रबबहादुर प्रधानले आफूहरुले प्रक्रियागत रुपमै गाईलाई चुनाव चिन्ह स्वीकारेको स्पष्ट पारेका छन् । चुनाव चिन्हकोसमेत विवादमा वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीले पार्टी नै परित्याग गरेको सन्दर्भमा बोल्दै प्रधानले केन्द्रीय कार्यसमितिमा निर्णय हुँदा सहमति हुन नसकेका कुराहरु एकता महाधिवेशनले नै टुंगो लगाउने भन्ने भएकाले यो प्रक्रियाबाटै आएको स्पष्ट पारेका हुन् ।
 
उनले भने, ‘केन्द्रीय कार्यसमितिमा मैले पनि हलोकै पक्षमा वकालत गरेको हुँ तर त्यतिबेला हलोको आवाज उठाउनेहरु महाधिवेशनमा चुप बसिदिंदा जे महाधिवेशनले पारित गर्छ त्यो नै स्वतः हुने हो ।’
 
उनले भने, ‘मलाई पनि पार्टीको झण्डा राप्रपा नेपालको भएपछि चुनाव चिन्ह हाम्रोतर्फबाट राप्रपाको हुन्छ भन्ने सोचेका थियौं, सायद अरुले पनि त्यही महशुस गरेका होलान्, तर महाधिवेशनपछि त्यो सोचबाट मुक्त हुनुपरेको छ ।’
 
उनले मेलमिलाप वार्ता समितिको रणनीति राम्रो हुन नसकेको परिणामले नै विवादजस्तो देखिएको स्पष्ट पारे । 
 
वरिष्ठ नेता डा लोहनीले राप्रपा नै छोडेकोप्रति भने महामन्त्री प्रधान विश्वस्त हुन सकेका छैनन् । उनले हाम्राकुरासंग भने, ‘मैले लोहनीजीले पार्टी छोडेको विश्वास गर्नै सकेको छैन ।’
 
उनले लोहनीको एकल निर्णयप्रति दुःख पोख्दै भने, ‘दुःखका बेलामा साथ दिने हामीहरुजस्ता साथीभाइसंगसमेत सल्लाह नगरी उहाँले पार्टी परित्याग गर्नु भयो यो दुःखद पक्ष हो, उहाँले पार्टी छाड्नुअघि सल्लाह गरेको भए उचित सल्लाह दिन सकिन्थ्यो कि !’ 
 
प्रधानले लोहनीको उदारवादी आर्थिक नीति निकै महत्वपूर्ण रहेको भन्दै पार्टी छाडेर धेरै टाढा नजानेसमेत विश्वास गरे । उनले भने, ‘उहाँको राष्ट्रियता र राष्ट्रिय एकताप्रति राम्रो सोच भएकाले पार्टीले सधै सम्झिरहने छ, उहाँको योगदान महत्वपूर्ण हुनसक्थ्यो, पार्टीले एक राम्रो नेता गुमाएको छ ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ