arrow

नेपाल शिक्षक संघ रोल्पाको अध्यक्षमा मल्ल, अरु ककसले जिते ?

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ चैत १ मंगलबार
news_rolpa.jpeg
लिबाङ (रोल्पा) । नेपाल शिक्षक संघ रोल्पाको आठौं अधिवेशनबाट भगबती मल्लको अध्यक्षतामा सोमबार नयाँ कार्य समिति निर्बाेरोध रुपमा निर्वाचित भएको छ । जसको उपाध्यक्षमा (महिला) माया घर्तीमगर, उपाध्यक्ष हिराबहादुर डाँगी, सचिव चूर्णबहादुर के.सी, सचिव अर्थ शेरबहादुर पुन, सहसचिव द्रोणबहादुर भण्डारी, सह सचिव (महिला) उर्मिला खनाल, सहसचिव अर्थ (महिला) मीना आचार्य रहेका छन् । 
 
यसैगरी सदस्यहरुमा गोपालप्रसाद सुवेदी, खलबहादुर वली, खगेन्द्र खड्का, खेमराज थापा तथा महिला सदस्यहरुमा सीता रानामगर, मीना मल्ल, लक्ष्मी बिष्ट निर्बाेरोध रुपमा निर्वाचित भएका छन् । 
 
यसैगरी प्रदेश प्रतिनिधिहरुमा खीमलाल खत्री, महेशकुमार के.सी, वालाराम के.सी, गायत्री घर्तीमगर र सुनिता गौतम रहेकी छिन् । साथै संघीय प्रतिनिधीहरुमा शालिकराम के.सी., निर्मलकुमार के.सी, कमला सुवेदी तथा अभिमानसिंह घर्तीमगर निर्बिरोध रुपमा चयन भएको  आयोजकले जनाएको छ । 
 
“सन्तुष्ट शिक्षक, युगानुकुल शिक्षा लोकतन्त्र र समृद्ध राष्ट्र हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ शनिबार उद्घाटन गरिएको कार्यक्रमको बन्दशत्र आइतबार दिनभर चलेको थियो भने सोमबार नयाँ कार्य समिति चयन गर्दै अधिवेशन सम्पन्न भएको आयोजकले जनाएको छ । 
 
यसैवीच मंगलबार विहान नयाँ कार्य समितिको पहिलो बैठक सम्पन्न भएको छ । बैठकले सौहार्द रुपमा अधिवेशन सम्पन्न गर्न सहयोग सबैमा आभार प्रकट गर्दै धन्यबाद ज्ञापन समेत गरेको नव निर्वाचित अध्यक्ष मल्लले जानकारी दिए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ