arrow

भारतीय पूर्व प्रधानमन्त्रीलाई उपप्रधानमन्त्री निधीले किन भेटे ?

logo
प्रकाशित २०७३ चैत १ मंगलबार
manmohan.jpeg
नयाँदिल्ली। प्रति आतंकबाद सम्बन्धी तेस्रो अन्तर्राष्टिय सम्मेलनमा भाग लिन सोमबार साँझ नयाँ दिल्ली आएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहबीच मंगलबार बिहान भेटबार्ता भएको छ । 
 
सिंहको निवासमा भएको भेटमा पूर्व प्रधानमन्त्री सिंहले दुई देशीचको सम्बन्ध, नेपालको शान्ति प्रकृया र विकासका बारेमा कुराकानी भएको थियो । भेटमा गृहमन्त्री निधिले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराएका थिए । सो अवसरमा पूर्ब प्रधानमन्त्री सिंहले राजनीतिक स्थिरतापछि विकास निर्माणको कामले गति लिने उल्लेख गर्दै एउटा असल छिमेकीका नाताले भारत सधैं नेपालमा राजनीतिक स्थिरता भएको हेर्न चाहेको बताएका थिए ।
 
  उनले दुई देशबीचको पुरानो सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दै भोलिका दिनमा सम्बन्धलाई अझ प्रगाढ बनाउनु पर्ने बताए । भेटमा उपप्रधानमन्त्री निधिका साथ भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय पनि सहभागी थिए । मंगलबारै गृहमन्त्री निधिले भारतीय कम्यूनिष्ट पार्टीका नेता डीपी त्रिपाठीसंग पनि भेटघाट गरेका छन् । भेटमा दुई देशबीचको सम्बन्ध र नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । निधिले  लामो सयमदेखि अस्वस्थ रहेका त्रिपाठीको स्वास्थ्य लाभको कामना गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ