arrow

सरकारले जलासययुक्त १० ठूला जलविद्युत् आयोजना बनाउने

logo
प्रकाशित २०७३ चैत २ बुधबार
hydropower.jpeg
काठमाडौँ । ऊर्जा मन्त्रालयले जलाशययुक्त विभिन्न १० वटा आयोजना अगाडि बढाउने भएको छ । मन्त्रालयले विद्युतको बढ्दो मागलाई ध्यान दिई जलाशययुक्त विभिन्न १० वटा आयोजना आफैं अगाडि बढाउने भएको हो । 
 
ऊर्जामन्त्री जनार्दन शर्माले तमोर, वरुण, दुधकोशी, सुनकोशी, बुढीगण्डकी, नलसिङगाड, उत्तरगंगा, नौमुरे, शारदा र तिला कर्णाली आयोजना यथास्थितिमा अगाडि बढाउने निर्णय भएको जानकारी दिए । 
 
उर्जा मन्त्रालयले जलाशययुक्त आयोजना अगाडि बढाउनका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरेको छ । 
 
मन्त्रालयले मंगलबार अर्थ मन्त्रालयमा भएको नेपाल विद्युत् प्राधिकरणको वित्तीय व्यवस्थापन सम्बन्धी छलफलका क्रममा जलाशययुक्त आयोजनाका लागि आवश्यक बजेट उपलब्ध गराउन आग्रह गरेको हो । (कारोबार दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ