arrow

लेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा, सेभियालाई पेनाल्टी फापेन

logo
प्रकाशित २०७३ चैत २ बुधबार
leicester-city-champions-league.jpeg
किंग पावर स्टेडियम । इङलिश प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन लेष्टर सिटीले पहिलो सहभागीतामै क्वार्टरफाइनलको यात्रा तय गर्ने कीर्तिमान राख्न सफल भएको छ । लिग विजेताको हैसियतले च्याम्पियन्स लिग खेल्ने मौका पाएको लेष्टरले राउन्ड अफ सिक्सटिनमा स्पेनिश क्लव सेभियालाई एग्रिगेटमा ३–२ ले हराउँदै अन्तिम आठमा पुग्न सफल भएको हो । 
 
पहिलो लेगमा २–१ ले पराजित भए पनि दोस्रो लेगमा भने घरेलु मैदान किंग पावर स्टेडियममा मंगलबार राति २–० को जित निकाल्दै लेष्टरले क्वार्टरफाइनलमा आफूलाई उभ्याएको हो । 
 
लेष्टरलाई जिताउन को जितमा वेस मोर्गान र मार्क अल्ब्राइटनले एक–एक गोल गरे । २–० ले पछि परेको अवस्थामा सेभियाका समिर नास्रीले दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लेष्टर ढुक्क भएको थियो ।
 
तर सेभियाकै पनि भाग्य कमजोर रहेको स्पष्ट हुन्छ । ८० औं मिनेटमा पेनाल्टी हान्ने अवसर पाए पनि स्टेभन जोन्जी असफल रहे । यो जितले भने लेष्टर क्रेज बाँकी नै रहेको प्रमाणित गरेको छ । 
 
च्याम्पियन्स लिगअन्तर्गतको मंगलबार रातिको अर्को खेलमा इटालियन क्लव युभेन्टसले पोर्चुगिच क्लव एफसी पोर्टोलाई १–० ले हरायो । खेलमा युभेन्टसलाई विजयी गराउन पाउलो डिबालाले पेनाल्टीमा निर्णायक गोल गरे ।
 
पहिलो लेगमा २–० ले विजयी भएको युभेन्टस एग्रिगेटमा ३–० को परिणाम निकाल्दै क्वार्टरफाइनलमा पुगेको छ । 
 
च्याम्पियन्स लिग फुटबलमा बुधबार राति दुई खेल हुँदैछन् । स्पेनिश क्लव एथलेटिको मड्रिडले जर्मन क्लव बायर लिभरकुजेनसंग अनि फ्रेन्च क्लव मोनाकोले इङलिश क्लव म्यानचेष्टर सिटीसंग खेल्नेछ । दुवै खेल राति १ः३० बजे सुरु हुनेछन् । 
Marc Albrighton is mobbed by his Leicester team-mates after doubling their lead and putting them ahead on aggregateSevilla star Samir Nasri was sent off for a second bookable offence after clashing with Leicester striker Jamie Vardy
Kasper Schmeichel made a vital penalty save from Steven N'Zonzi to prevent the game from going to extra time
Leicesters player celebrate in a bundle on the King Power turf after a memorable Champions League last-16 victory 
Christian Fuchs holds his arms aloft after the Foxes' progress into the Champions League quarter-final was secured
Visiting Sevilla fans ensure away end at the King Power Stadium is filled with red as they try to will their side through
The Spion Kop unveil an impressive display ahead of kick-off in their momentous Champions League last-16 tie



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ