arrow

पोल्ट्री फर्मको ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, चालक फरार

logo
प्रकाशित २०७३ चैत ३ बिहिबार
IMG_4678.jpeg
रंगेली । मोरङ्गको रंगेलीमा बिहीबार बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ठक्करबाट झापा महाभारा गाविस बस्ने अन्दाजी ३५ वर्षका दिपक महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
 
हुलाकी राजमार्ग अन्तर्गत मोरङ्गको रंगेली नगरपालिका वार्ड नं.९ स्थित सडकमा विराट पोल्ट्री फर्मको को १ क १८४६ नम्बरको ट्रकले मे ७ प ८२६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा महतोको घटनास्थलमै मृत्यु भएको हो ।
 
प्रहरीले ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन् । मृतक महतोको शव जिल्ला अस्पताल रंगेलीमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ