arrow

निर्वाचन आचारसंहिता अझ कडाईकासाथ लागू गर्न आयोगको निर्देशन

logo
प्रकाशित २०७३ चैत ३ बिहिबार
election_local4.jpeg
काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुन गईरहेको स्थानीय तह निर्वाचनका लागि जारी गरिएको १९ बुँदे निर्देशन, सुरक्षासम्बन्धी चार बुँदे निर्देशन, निर्वाचन आचारसंहिता २०७२ तथा स्थानीय तह निर्वाचन आचार संहिता–२०७३ अझ कडाईका साथ लागू गर्न सरोकारवाला निकायहरुलाई आग्रह गरेको छ । 
 
फागुन १८ गतेदेखि लागू भएको उक्त आचार संहिताको पालना गर्ने गराउने कार्य विभिन्न मन्त्रालय, निकाय, राजनीतिक दल एवं संघ संस्थाहरुबाट भइरहेको भन्दै आयोगले यसलाई अझ कडाईका साथ लागू गराउन आग्रह गरेको हो । निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सञ्चालन गर्न अपरिहार्य भएकोले निर्वाचन आचार संहिता पालनालाई सम्बद्ध सबैले गम्भीरतापूर्वक लिनु आवश्यक रहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बिहीबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 
 
निर्वाचन आचार संहिता उल्लंघन भएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरालाई पुनः स्मरण गराउँदै वर्तमान अवस्थामा निर्वाचन आचारसंहिता अनुकूलको आचरणमा खलल पार्ने कुनै किसिमका कार्य नगर्न÷नगराउन नेपाल सरकारका विभिन्न मन्त्रालय, निकाय, विभिन्न संघ संस्था, सुरक्षा निकाय र राजनीतिक दललगायत सबैलाई आयोगले सचेत गराएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ