बझाङ। जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन आएका साबिको कडेल गाबिस वडा नम्बर २ मतै घर भएका शेर बहादुर कठायतलाई जिल्ला प्रशासनका कर्मचारीहरुले तपाईको घर कहाँ हो भन्दा छबिस पाथीभेरा गाँउ पलिका भने पछि कर्मचारीहरु एकछिन अकमकिए । कर्मचारीहरुले पुनह यो गाँउ पालिका कहाँ पर्यो भन्दा सबिको कडेल गाबिस भने पछि जानकारी पाँए ।
बिहिबार जिल्ला प्रसासन कार्यालयमा नागरिकता बनाउन आएका सेवाग्रहीहरुले आफ्नो ठेगाना र परिचय बदलेर नागरिकताको सिफारिस लिएर गाँउवाट आएपछि कर्मचारीहरुले नयाँ गाँउपलिकाको भुगोलको पनि जानकारी लिए । सबिकको कडेल र अहिलेको छबिस पथीभेरा गाँउ पालिका वडा नम्बर २ उल्लेख गरेर आफ्नो नागरिकता पाए पछि शेर बहादुर खुसी थिए ।
उनि जस्तै थली दुर्गा गाँउ पालिका बाट नागरिकता बनाउन आएका धर्म बहादुर दमाईमा पनि पुरानो ठेगाना हटाएर नयाँ ठेगाना बनाउदा खुशी र अन्यौल उत्तिकै थियो उनमा । नागरिकता बनाउन सेवाग्राहीले नागरिकता अनुसूची फारममा केही सचिबले हालको गाँउ पालिका अन्र्तरगत वडा कार्यालयको छाप नभएर साबिककै गाबिस सचिब लेखेको छाप लगाएर सिफारिस गरेका थिए । हिजो अस्ति देखि पुरानो संरचना अनुसार नागरिकतामा सिफारिस भएर आएको थियो जिल्ला प्रशासन नागरिकता फाँटका ना.सु राम कुमार चौधरीले भने आज देखि सबै नागरिकताका सिफारिस हरु स्थानिय तहको नयाँ संरचना अनुसार आएका छन् । उनका अनुसार कति पय सेवाग्रहीहरु लाई हालको गाँउपालिको संरचना अनुसार गाँउपालिका र वडापालिको बारेमा जानकारी नभएर केही अन्यौल भएको पनि जानकारी दिए।
४२ वटा गाबिस र एक नगरपालिका रहेको बझाङ जिल्ला लाई दश गाँउ पालिका र दुई नगरपालिकामा बिभाजन गरिएको छ । स्थानिय निकायको पुनर संचना भएपछि गाँउ कार्यालय र नगरपालिकाले कार्यालय स्थापना गरि नयाँ संरचना अनुसार प्रशासनिक काम काज गर्दै आएको थलारागाँउ पालिकाका निमित्त कार्यकारी अधिकृत गणेश राज जोशीले जानकारी दिए ।
उनले भने साबिको गाबिस हेर्ने सचिबलाई अहिले गाबिसका पनि वडा बिभाजन भएर वडा कार्यालय नभई सकेको हुदा सिफारिस गर्ने कार्यमा केही तालमेल हुन सकेको छैन । गाबिस हटेर गाँउमा गाँउपालिकाको कार्यालय स्थापना भएपछि उत्साहित त भएका छौ तर बिभाजन गरिएको वडाको नाम के राख्ने र केन्द्र कता हुने भन्ने बारे अन्यौल भएको दुर्गाथली गाँउपालिकाका स्थानिय चक्र रोकायाले बताए ।