arrow

म्याजिक चप्पल कारखानामा आगलागी, लाखौंको क्षति

logo
प्रकाशित २०७३ चैत ४ शुक्रबार
magic.jpeg
विराटनगर । मोरङको टङ्कीसिनुवारीस्थित ‘म्याजिक चप्पल’ कारखानामा शुक्रबार बिहान ४ बजे आगलागी भएको छ । 
 
विराटनगर उपमहानगरपालिकासँग जोडिएको टङ्कीसिनुवारीस्थित सो उद्योगमा आगलागी नियन्त्रणका लागि दमकल, स्थानीय प्रहरी र मजदुर जुटेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 
 
आगलागी बिहान ढिला गरी नियन्त्रणमा आएको छ । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । उक्त आगलागीमा लाखौँ मूल्य बरावरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ