arrow

काँग्रेस केन्द्रीय समिति बैठक चैत १० गते

logo
प्रकाशित २०७३ चैत ४ शुक्रबार
Congres-FNL.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक चैत १० गते बस्ने भएको छ । नेपाली काँग्रेसले शुक्रबार विज्ञप्ती जारी गर्दै १० गते विहान ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने निर्णय भएको जनाएको छ । 
 
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र स्थानीय तहको निर्वाचनको तयारीको बारेमा छलफल गरिने नेपाली काँग्रेसले जनाएको छ । सत्ता साझेदार दल समेत रहेकाे नेपाली काँग्रेसले संविधान संशाेधनको माग राखी निर्वाचनमा समेत भाग नलिने बतार्इ रहेको मधेशी मोर्चाको जायज माग पूरा गरी उनीहरुलार्इ समेत निर्वाचनमा सहभागी गराउनुपर्ने बताउँदै अाएको छ । 
 
यही विषयमा केन्द्रीय समितिको बैठकमा दबाब दिने उद्देश्यले शुक्रबार मात्रै काँग्रेसको मधेशी सा‌ंसद्हरुकाे भेला पनि सम्पन्न भएकाे छ । 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ