arrow

मधेशमा शान्तिपूर्ण चुनाव गराउने रणनीतिबारे छलफलमा जुट्यो काँग्रेस

logo
प्रकाशित २०७३ चैत ४ शुक्रबार
congress-party-office.jpg.jpeg
काठमाडौं । सरकारले तोकेको मितिमा निर्वाचन गराउनको लागि काँग्रेसले सक्रियता देखाएको छ । व्यवस्थापिका संसद्को सबैभन्दा ठूलो दल र सत्ता साझेदार दलको हैसियतले नेपाली काँग्रेसले आउँदो निर्वाचनलाई देशभर शान्तिपूर्ण रुपमा सम्पन्न गराउनको लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नको लागि शुक्रबार बैठक गरेको हो । 
 
आसन्न निर्वाचनको लागि अलिक संवेदनशील मानिएको तराई मधेशमा कसरी शान्तिपूर्ण रुपमा निर्वाचन गराउन सकिन्छ भन्ने विषयमा छलफल गर्नको लागि काँग्रेसका मधेशकेन्द्रीत केन्द्रीय सदस्य तथा सांसद्हरुको बैठक डाकिएको थियो । 
 
बैठकमा सहभागीहरुले तराई मधेशलाई निर्वाचनमा सहभागी नगराई निर्वाचनको सार्थकता नरहेको भन्दै तराई मधेशमा कसरी शान्तिपूर्ण रुपमा निर्वाचन गराउन सकिन्छ भन्ने विषयमा छलफल भएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद् फर्मुल्लाह मन्सुरले जानकारी दिए ।
 
बैठकमा निर्वाचनलाई मधेशमा शान्तिपूर्वक सम्पन्न गराउनको लागि व्यवस्थापिका संसद्मा पेश भएको संविधान संशोधन प्रस्ताव कार्यसूचीमा राखेर निर्वाचनको माहोल बढाउनुपर्ने निर्णय गर्दै पार्टी र सरकारलाई दवाव दिने निर्णय भएकोे छ । बैठकले संविधान संशोधन र निर्वाचन सँगसँगै लैजानुपर्ने भन्दै यसको लागि आवश्यक दबाब दिने निर्णय पनि गरेको मन्सुरले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ