arrow

ब्लड मनिको अभावमा एक वर्षदेखि घर्तिमगर साउदीको जेलमा

logo
प्रकाशित २०७३ चैत ४ शुक्रबार
Blood-Money.jpeg
काठमाडौ। रोल्पाका २८ बर्षिया दिल बहादुर घर्तिमगर ब्लड मनि अभावका कारण विगत एक वर्षदेखि साउदी अरबको जेलमा जेलजीवन भोगिरहेका छन्। शुक्रबार रिपोर्टर्स क्लब नेपालमा रोल्पा जलजला एकता समाजले सूरु गरेको ‘दिल बहादुर उद्धार समिति’ले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै दील बहादुर घर्तीकी श्रीमती मनिका बुढाले घर्तीको उद्दारको लागि सबैलाई आग्रह गरेकी छिन् । 
 
कार्यक्रममा श्रीमती बुढाले आफ्नो श्रीमानले भोगेको समस्याले आफुलाई निक्कै दुखित बनाएको भन्दै सक्नेले साथ सहयोग गरेर उद्दारमा मधत गर्नको लागि अनुरोध गरेकी छिन्।आमाको फाटेको चोलि फेर्ने, बालबच्चाको लालनपालनको सपना बोकेर साउदी पुगेका दिल बहादुर घर्ती साउदी पुगेको केही समयमै दुर्घटनाको घट्नामा मुछिएर जेलजीवन बिताईरहेका छन्। 
 
एक्सा वेटर लाईसेन्स प्राप्त घर्तीलाई साउदीमा कम्पनीले ट्रक चलाउनको लागि अनुमति दिएको र त्यसै क्रममा साउदी कारले पछिबाट ठक्कर दिएको स्तिथिमा कारमा सवार साउदी नागरिकको ज्यान गएको परिवारले जानकारी दिएको छ ।     उता कम्पनीले घर्तीलाई नेपाल फर्किने कागज हो भनेर नक्कली कागज बनाएर सही छाप लगाई उक्त दुर्घट्नाको सम्पूर्ण दोषी मै हुँ भन्ने सम्मको जालसाँची गरेको पीडितले दाबी गरेका छन्। 
 
दिल बहादुर उद्दार समितिका अध्याक्ष बशन्त रोकाले पीडित घर्तीलाई नक्कली जालसाँची गरेर फसाईएकाले तत्काल रिहाईको माग गरेका छन्।  उनले भने,‘आज दिलबहादुर घर्तीलाई दुःख परेको छ, भोली अरुलाई पनि यस्तो दुःख पर्छ, साथ दिनुपर्छ, उहाँको रिहाईको लागि २ लाख २५ हजार रियाल लाग्छ, यति धेरै पैसा गरिब परिवारसँग नभएकाले यो अभियान सुरु गरेका हौँ । 
 
समितिले घर्तीमगरलाई सहयोग गर्न ईच्छुक महानुभावहरुलाई मनिका बुढामगरको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खाता नं. ११९००२६६१८१० मा रकम जम्मा गर्न अनुरोध गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ