arrow

'एमालेको नक्कली राष्ट्रबादले मुलुक जोखिममा'

logo
प्रकाशित २०७३ चैत ४ शुक्रबार
shekar_khanepani.jpeg
काठमाडौं । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मधेसी मोर्चा र एमालेको हठ र दम्भले मूलूक जटिल मोडमा पूगेको बताएका छन्। संसदमा रहेको संविधान संशोधनको प्रस्तावलाई छलफल नै गर्न दिँदैनौ भन्ने एमाले र संशोधन प्रस्ताब पारित नभए चुनावमा जाँदैनौं भन्ने मधेसी मोर्चा दुबै अलोकतान्त्रिक र अतिबादी पार्टी भएको बताए। 
 
काठमाडौ उपत्यका खानेपानी लिमिटेड कर्मचारी संघको चौथो केन्द्रीय महाधिवेशनको उद्घाटन गर्दै कोइरालाले एमालेले नक्कली राष्ट्रबादको नारा लगाएर मूलूक र जनताको आँखामा छारो हाल्ने काम गरेको आरोप पनि लगाए । कार्यक्रममा सांसद् पुष्कर आचार्य, शिक्षक संघका पूर्व केन्द्रीय अध्यक्ष मोहन ज्ञवाली, लगायतले आ-आफ्नो धारणा राखेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ