arrow

कास्कीमा एक सय पचास मतदानस्थल

logo
प्रकाशित २०७३ चैत ६ आइतबार
Kaski-hamrakura.jpg.jpeg
पोखरा। आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीमा एक सय ५० मतदानस्थल निर्धारण गरिएको छ। तेत्तीस वडा रहेको पोखरा–लेखनाथ महानगरपालिकामा ९८, सात वडा रहेको रुपा गाउँपालिकामा आठ, १२ वडा रहेको मादी गाउँपालिकामा १७, ११ वडा भएको अन्नपूर्ण गाउँपालिकामा १५ र नौ वडा भएको माछापुच्छे गाउँपालिकामा १२ मतदानस्थल बनाउन निर्वाचन आयोगमा सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख गङ्गालाल सुवेदीले जानकारी दिए।
 
कार्यालयका प्रमुख सुवेदीका अनुसार हरेक मतदानस्थलमा एक हजारभन्दा बढी मतदाता भएमा मतदान केन्द्र थपिँदै जाँदा जिल्लामा झन्डै तीनको हाराहारीमा मतदान केन्द्र पुग्ने छन्। प्रजिअ हरिप्रसाद मैनालीको अध्यक्षतामा गठित मतदानस्थल सिफारिस समितिले सो निर्णय गरेको थियो।
 
समितिका सदस्यमा स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारी, सशस्त्र प्रहरी बल र जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा जिल्लामा निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलका प्रतिनिधि रहनुभएको छ भने सदस्य–सचिवमा निर्वाचन कार्यालयका प्रमुख रहने व्यवस्था छ।
 
विसं २०७० मा भएको संविधानसभाको निर्वाचनको बेला जिल्लामा एक सय ४७ मतदानस्थल कायम गरिएको थियो। स्थानीय तह पुनःसंरचनानुसार जिल्लामा तीन वटा वडा बढेकाले मतदानस्थल पनि बढेको कार्यालयका प्रमुख सुवेदीले बताए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ