arrow

ट्रकको ठक्करबाट एसइई परीक्षा दिने परीक्षार्थीको मृत्यु

logo
प्रकाशित २०७३ चैत ७ सोमबार
accident-final.jpeg
राजविराज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनगरमा ट्रकको ठक्करबाट एसइई परीक्षा दिंदै गरेका एक परीक्षार्थीको सोमबार बिहान मृत्यु भएको छ । 
 
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१क ५२०० नम्बरको ट्रकले ठक्कर दिँदा सप्तरी भारदह–२ कि १६ वर्षीया नितुकुमारी ठाकुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 
 
ठाकुर रुपनगरस्थित शङ्कर उच्च माविमा परीक्षा दिन भारदहको बिपी मावि परीक्षा केन्द्रबाट परीक्षा दिन जाँदै गर्दा बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिएको थियो । 
 
ठक्करबाट गम्भीर घाइते भएकी उनको राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 
 
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ