arrow

निर्वाचन आयोगले रद्द गर्न भन्दा प्रधानमन्त्रीले आफै गरे चीन भ्रमण स्वीकृत

भ्रमण गर्दा आचारसंहिता लाग्ने

logo
प्रकाशित २०७३ चैत ९ बुधबार
Pm-ko-bharman-china.jpeg

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विदेश भ्रमण रोक्न भनेको छ । बुधबार दिउँसो बसेको बैठकले स्थानीय तह निर्वाचनको आचारसंहिता लागू भइसकेकाले कुनैपनि देशको भ्रमणमा नजान भनेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको बोआओ सम्मेलनमा सहभागि हुन बिहीबार  राति चीन जाने तयारी गरेका छन् । प्रधानमन्त्री दाहालले आफ्नो भ्रमण स्वीकृत गरिसकेको समेत जानकारी आएको छ । आयोगले विदेश भ्रमणमात्रै नभई निर्वाचन सम्पन्न नभएसम्मका लागि कुनैपनि तालिम, गोष्ठी, सेमिनार, अवलोकन भ्रमणको प्रयोजनका लागि हुने विदेश भ्रमणका कार्यक्रम स्थगित गर्न पनि भनेको छ ।

गत फागनु २८ गते सरकारका मुख्यसचिव सोमलाल सुवेदीसमेत सहभागि आयोगको बैठकले समेत विदेश भ्रमणलगायतका कार्यक्रम गर्न नपाउने निर्णय गरेको थियो ।
भ्रमण आफै स्वीकृत
प्रधानमन्त्री पुष्पकमल दाहालले आफनो साताव्यापी चीन भ्रमण आफै स्वीकृत गरेका छन् । मन्त्रिपरिषदको बैठक स्थगित गरेर प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमण आफै स्वीकृत गरेका बताइएको छ ।

मन्त्रिपरिषदको बैठक साँझ ५ बजेका लागि बोलाइएको थियो । यद्यपि, सुरक्षा परिषद् बैठक लगायत व्यस्तताले बैठक बस्न सकेन । परराष्ट्रमन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्बाट पछि अनुमोदन गर्ने गरी प्रधानमन्त्रीले भ्रमण स्वीकृत गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहाल परराष्ट्रमन्त्री प्रकाशशरण महतसहित १५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार राति चीन प्रस्थान गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङसहित उच्च चिनियाँ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेपनि भ्रमणका क्रममा कुनै पनि विषयमा सम्झौता नहुने परराष्ट्रमन्त्री महतले बताए ।

निर्वाचन आयोगको विज्ञप्ति

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ